लिम्बुवान मिक्लाजुङ ५ को अध्यक्षमा पासाङ लावती

 लिम्बुवान न्युज
                       

मिक्लाजुङ, ८ माघ । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मिक्लाजुङ ५ नम्बर वडाको नयाँ कमिटी चयन भएको छ । मञ्चका प्रान्तीय उपमहासचिव प्रेमपुत्र लावतीको प्रमुख आतिथ्यतामा शुक्रबार नयाँ समिति गठन भएको हो ।

नव गठित समितिको अध्यक्ष पासाङ लावती चयन भएका छन् । त्यसैगरी समितिको उपाध्यक्षहरुमा जयन बहादुर लावती र राम बहादुर लावती छन् भने सचिवमा दुर्गाहाङ लावती, सह–सचिव तेमेन हाङ् लावती र अर्थसचिव नविन लावती बनेका छन् ।

यसैगरी वडासदस्यहरुमा नर बहादुर लावती, सुमन लावती, नविन लावती, युविना लावती, लोकेन्द्र लावती, जयराज लावती, पदमसिं लावती र धनकुमार लावती रहेका छन् । थप सदस्यहरु पछि थपिने जनाइएको छ । समितिको सल्लाहकारमा तेजेन्द्र लावतीलाई जिम्मेवारी दिइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लावतीले आगामी स्थानीय निर्वाचन र अन्य निर्वाचनहरुमा मिक्लाजुङ ५ मा मञ्चले स्थापित गर्न सबै एकजुट भएर पहिचान सहितको संघीय राज्य निर्माणमा नयाँ राजनैतिक दर्शनप्रति एकताबद्ध हुन अपिल गरेका छन् । पुरानो एकात्कवादी पार्टीहरुको पछि लागेर संघीयताको मूल मर्म र भावनालाई संस्थागत गर्न नसकिने उनले जिकीर गरेका छन् ।

उक्त कार्यक्रमलाई सल्लाहकार लावतीले सहजीकरण गरेका हुन् ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...