आइपिएलमा १५ नेपाली खेलाडीले नाम दर्ता गराए

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । आगमी सिजनको लागि इन्डियन प्रिमियर लिग (आईपीएल)को मेगा अक्सनका लागि नेपालबाट १५ खेलाडीले नाम दर्ता गराएका छन् ।

आगामी आईपीएल २०२२ को प्लेअर अक्सनका लागि कुल १२१४ खेलाडीले नाम दर्ता गराएको बिसीसीआईले जनाएको छ । त्यसमा नेपालबाट १५ खेलाडी रहेको नाम दर्ता भएको हो ।

विश्व क्रिकेटकै सफल लिग मानिने आइपिएलमा खेलाडी दर्ताका लागि २० जनवरीसम्मको समयसिमा तोकिएको थियो । यस सिजनको लागि ८९६ जना भारतीय खेलाडीले नाम दर्ता गराएका छन् भने ३१८ जना विदेशी खेलाडीले नाम दर्ता गराएका हुन् ।

आगामी फेब्रुअरी १२ र १३ मा बेंगलुरुमा हुने मेगा अक्सनबाट १० टिमले खेलाडीहरू छनोट गर्नेछन् ।

अक्सनका लागि दर्ता गरेका खेलाडी मध्ये २७० खेलाडी क्याप्ड छन् । यस्तै ९०३ खेलाडी अनक्याप्ड छन् भने ४१ खेलाडी एसोसिएट प्लेअर अन्तर्गत छन् । पछिल्लो सिजन नेपालका सन्दीप लामिछाने मिनी अक्सनमा समावेश भए पनि कुनै टिमले अनुबन्ध गरेन ।

आईपीएलमा हरेक टिमले बढीमा २५ जनासम्म टिममा राख्न पाउनेछन् । अक्सनबाट बढीमा २१७ खेलाडी मात्र छनोट हुने बीसीसीआईले विज्ञप्ति मार्फत उल्लेख गरेको छ ।

आइपिएलमा यो पटकदेखि १० टिमले प्रतिस्पर्धा गर्ने छन् । यसपटक ठूला खेलाडीहरूसमेत अक्सन पुलमा जानेछन् । डेविड वार्नर, मिचेल मार्श, कागिसो रबडा, रविचन्द्र आश्विन, युजभेन्द्र चाहल, शिखर धवन, श्रेयास अयेर, इशान किसन, दिनेश कार्तिक, भुवनेश्वर कुमारजस्ता खेलाडी अक्सनमा समावेश छन् ।

अक्सनका लागि भारत बाहेक अष्ट्रेलियाबाट सबैभन्दा धेरै ५९ खेलाडीले नाम समावेश गरेका छन् । यस्तै दक्षिण अफ्रिकाबाट ४८ र वेष्ट इन्डिजबाट ४१ खेलाडीले नाम दर्ता गराएका छन् ।

एसोसिएट राष्ट्रमध्ये नेपालबाट १५ जनाले नाम दर्ता गर्दा अमेरिकाबाट १४, नामिबिया, ओमानबाट ३ तथा भुटान, नेदरल्याण्ड्स, स्कटल्याण्ड र यूएईबाट समान एक÷एक जना खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका छन् ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...