मिक्लाजुङका २९५ घरपरिवारलाई राहत वितरण

 लिम्बुवान न्युज
                       

मिक्लाजुङ, ८ माघ । कुरुम्बेली समाज सेवा संघ, दमक झापा र पाँचथर समाज सेवा युकेद्वारा मिक्लाजुङ गाउँपालिका वडा न. ५ भित्रका २ सय ९५ घरपरिवारलाई राहत वितरण गरिएको छ ।

शनिबार मिक्लाजुङ गाउँ पालिकाका अध्यक्ष अमरराज माखिमको प्रमुख आतिथयमा र वडा न. ५ का अध्यक्ष अविशन लावतीको बिशेष आथित्यमा एक कार्यक्रमको आयोजना गरि गत कातिक २ गते परेको बेमौसमी वर्षाका कारण बाढी पहिरोबाट मृत्यू भएका ६ घरपरिवारलाई वडा कार्यालयको समन्वयमा जनहि १० हजारको दरले राहत हस्तान्तरण गरिएको हो ।

यसैगरि गत कातिक महिनामा परेको बेमौसमी वर्षाका कारण बाढी पहिरोबाट प्रभावित भएका मिक्लाजुङ गाउँपालिका वडा न. ५ भित्रका २ सय ३९ घरपरिवारलाई समेत राहत स्वरुप आर्थिक सहयोग गरिएको कुरुम्बेली समाज सेवा संघका सदस्य मिलन लावतीले बताए ।

यस्तै उक्त बाढी पहिरोबाट प्रभावित भएका मिक्लाजुङ गाउँपालिका वडा न. ५ भित्रका कम प्रभावित परिवार, असक्त, असाहय, एकल महिला, पुरुषलाई समेत गरि ४० घरपरिवार व्लाङकेट हस्तान्तरण गरेको कुरुम्बेली समाज सेवा संघका सह–सचिव तथा आर्थिक संयोजक गगन लावतीले बताए ।

संघका अध्यक्ष ऐमानसिं लावती, पापोहाङ लावती सयङका केन्द्रिय अध्यक्ष जगत लावती, सयङका सल्लाहकार खड्क सुन्दर लावती, पाँचथर समाज सेवा युकेका प्रतिनिधि देउमान लावती, संघका सह–सचिव गगन लावती, कोषाध्यक्ष कमला योङहाङ लावती, सदस्यहरु मिलन लावती, बिरु लावती, कल्पना लावती, भिमसेन लावती, दिनेश लावती र रविन्द्र लावतीको समेतको राहत वितरण टोलीले कुरुम्बा माविको प्राङगनमा पीडित परिवारलाई राहत हस्तानतरण गरेको हो ।

कुरुम्बेली समाज सेवा संघ, पाँचथर समाज सेवा युके र पापोहाङ लाओती सयङको समेत पहलमा पाँचथर समाज सेवा युकेबाट देउमान लावती र यद्धुचन्द्र लावती, बेल्जियमबाट दौलत साम्बा, साउदी अरवबाट शुरेश लावती र काठमाण्डौबाट टेक लावतीको संयोजनमा राहत वितरणको लागि आर्थिक सहयोग संकलन गरिएको आर्थिक संयोजक गगन लावतीले बताए ।

संघका अध्यक्ष ऐमानसिं लावतीको संयोजकत्वमा सम्पन्न राहत वितरण कार्यक्रममा स्वागत मन्तव्य गगन लावती र सञ्चालन बिरु लावतीले गरेका थिए ।

बाढी पहिरोमा परेर मिक्लाजुङको वडा ५ मा मात्रै २२ जनाले ज्यान गुमाएका थिए भने २ जना बेपत्ता भएका थिए ।

२०७४ सालमा दमक झापामा स्थापना भएको यस कुरुम्बेली समाज सेवा संघले विभिन्न क्षेत्रमा भौतिक, आर्थिक र सामाजिक रुपले सहयोगहरु गर्दै आईरहेको संघका सदस्य मिलन लावतीले बताए ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...