मिक्लाजुङका २९५ घरपरिवारलाई राहत वितरण

 लिम्बुवान न्युज
                       

मिक्लाजुङ, ८ माघ । कुरुम्बेली समाज सेवा संघ, दमक झापा र पाँचथर समाज सेवा युकेद्वारा मिक्लाजुङ गाउँपालिका वडा न. ५ भित्रका २ सय ९५ घरपरिवारलाई राहत वितरण गरिएको छ ।

शनिबार मिक्लाजुङ गाउँ पालिकाका अध्यक्ष अमरराज माखिमको प्रमुख आतिथयमा र वडा न. ५ का अध्यक्ष अविशन लावतीको बिशेष आथित्यमा एक कार्यक्रमको आयोजना गरि गत कातिक २ गते परेको बेमौसमी वर्षाका कारण बाढी पहिरोबाट मृत्यू भएका ६ घरपरिवारलाई वडा कार्यालयको समन्वयमा जनहि १० हजारको दरले राहत हस्तान्तरण गरिएको हो ।

यसैगरि गत कातिक महिनामा परेको बेमौसमी वर्षाका कारण बाढी पहिरोबाट प्रभावित भएका मिक्लाजुङ गाउँपालिका वडा न. ५ भित्रका २ सय ३९ घरपरिवारलाई समेत राहत स्वरुप आर्थिक सहयोग गरिएको कुरुम्बेली समाज सेवा संघका सदस्य मिलन लावतीले बताए ।

यस्तै उक्त बाढी पहिरोबाट प्रभावित भएका मिक्लाजुङ गाउँपालिका वडा न. ५ भित्रका कम प्रभावित परिवार, असक्त, असाहय, एकल महिला, पुरुषलाई समेत गरि ४० घरपरिवार व्लाङकेट हस्तान्तरण गरेको कुरुम्बेली समाज सेवा संघका सह–सचिव तथा आर्थिक संयोजक गगन लावतीले बताए ।

संघका अध्यक्ष ऐमानसिं लावती, पापोहाङ लावती सयङका केन्द्रिय अध्यक्ष जगत लावती, सयङका सल्लाहकार खड्क सुन्दर लावती, पाँचथर समाज सेवा युकेका प्रतिनिधि देउमान लावती, संघका सह–सचिव गगन लावती, कोषाध्यक्ष कमला योङहाङ लावती, सदस्यहरु मिलन लावती, बिरु लावती, कल्पना लावती, भिमसेन लावती, दिनेश लावती र रविन्द्र लावतीको समेतको राहत वितरण टोलीले कुरुम्बा माविको प्राङगनमा पीडित परिवारलाई राहत हस्तानतरण गरेको हो ।

कुरुम्बेली समाज सेवा संघ, पाँचथर समाज सेवा युके र पापोहाङ लाओती सयङको समेत पहलमा पाँचथर समाज सेवा युकेबाट देउमान लावती र यद्धुचन्द्र लावती, बेल्जियमबाट दौलत साम्बा, साउदी अरवबाट शुरेश लावती र काठमाण्डौबाट टेक लावतीको संयोजनमा राहत वितरणको लागि आर्थिक सहयोग संकलन गरिएको आर्थिक संयोजक गगन लावतीले बताए ।

संघका अध्यक्ष ऐमानसिं लावतीको संयोजकत्वमा सम्पन्न राहत वितरण कार्यक्रममा स्वागत मन्तव्य गगन लावती र सञ्चालन बिरु लावतीले गरेका थिए ।

बाढी पहिरोमा परेर मिक्लाजुङको वडा ५ मा मात्रै २२ जनाले ज्यान गुमाएका थिए भने २ जना बेपत्ता भएका थिए ।

२०७४ सालमा दमक झापामा स्थापना भएको यस कुरुम्बेली समाज सेवा संघले विभिन्न क्षेत्रमा भौतिक, आर्थिक र सामाजिक रुपले सहयोगहरु गर्दै आईरहेको संघका सदस्य मिलन लावतीले बताए ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;