लिम्बुवान याङवरक ४ को अध्यक्षमा वीर बहादुर माबो

 लिम्बुवान न्युज
                       

याङवरक, १२ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संगीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल याङ्वरक ४ को अध्यक्षमा वीर बहादुर मावो निर्वाचित भएका छन् । बुधबार थर्पु बजारमा सम्पन्न अधिबेशनले माबोको अध्यक्षतामा १७ सदस्यीय वडा कार्यसमिति निर्वाचित गरेको हो ।

मञ्चका संघीय सह–सचिव सागर केरुङ्को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमबाट उपाध्यक्षहरुमा मोतिबहादुर योङ्हङ, अमृत योङ्हाङ, इन्दिरा खेबाङ, नन्दबहादुर योङ्हाङ, सचिव योगेन माबो, सहसचिव अबिसा माबो र अर्थसचिवमा सरस्वता योङ्हाङ निर्वाचित भएका छन् ।

यसरी नै सदस्यहरु मनकुमारी योङ्हाङ, मनकुमारी इङ्वारम, धनमाया आङ्बो, अमृत योङ्हाङ, सन्तकुमार माबो, शान्तिकला माबो, मनबहादुर योङ्हाङ, गंगाबहादुर योङ्हाङ, प्रदिप तावा रहेका छन् । सोही अधिवेशनले संघीय युवा मञ्च वडा ४ को संयोजकमा शर्ण इजमलाई तोकेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा पान्थर प्रदेश क्षेत्र(क)का संयोजक केरुङले नव निर्वाचित समितिलाई बधाई दिदैं अब लिम्बुवान साच्चिकै एउटा राजनैतिक दलको रुपमा स्थापित हुन वडा केन्द्रित कार्यक्रममा अघि बढेको बताए । अब आउने सबै खाले निर्वाचनमा अन्य दलहरुसँग शसक्तरुपमा प्रतिस्पर्धा गरेर पार्टी स्थापित गर्ने मञ्चको लक्ष्य रहेको बताए ।

कार्यक्रममा जिल्ला उपाध्यक्ष जितेन चेम्जोङ, जिल्ला सचिवालय सदस्यद्वय आधार घिमिरे, नरेश लक्सम, जिल्ला सदस्य कर्णबहादुर काम्बाङ, क्षेत्रीय उपाध्यक्ष छत्र योङ्हाङ, याङ्वरक गाउँपालिका कार्यसमितिका उपाध्यक्षद्वय दिलकुमार लक्सम, पोलस्टार तावा, सचिव हेमराज योङ्हाङ, याङ्वरक महिला मञ्च अध्यक्ष पुजा सिगु, इतिहासकार अमर तावा र इतिहास अध्येता, लिम्बू शब्दकोष लेखक खेलराज योङ्हाङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...