चन्द्र कुमार राईको अध्यक्षतामा प्रदेश निर्वाचन समिति गठन

 लिम्बुवान न्युज
                       

मेचीनगर, १५ माघ । संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति झापाको समन्वयमा झापा क्षेत्र नं. १ को प्रदेश क निर्वाचन अध्यक्षमा चन्द्र कुमार राईको अध्यक्षतामा १७ सदस्यीय समिति गठन भएको छ ।

शनिबार मेचीनगरमा आयोजित कार्यक्रममा राईको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।

समितिको उपाध्यक्षहरुमा राजेन्द्र लाबु, हरी चेम्जोङ र भुवानी लिम्बु उपाध्यक्ष बनेका छन् भने सचिवमा आकाश केरुङ्, सहसचिवमा भुवानी महत खड्का र अर्थसचिवमा सुकवीर कन्दङ्वा चयन भएका छन् ।

यसैगरी उक्त भेलाले सदस्यहरुमा निम गणेश, सागर मगर, मन कुमारी आङ्देम्बे, कमल लिम्बु, गणेश नुगो, दिलहाङ सिंह, टुक बहादुर लिम्बु, बसन्त थेवे, अमिन नेम्बाङ, चन्दन श्रेष्ठ र अनिश योङहाङ चयन भएका छन् ।

कार्यक्रम लिम्बुवान प्रान्तीय सचिव धनबहादुर पन्धाकको अध्यक्षतामा सम्पन्न भएको थियो भने निर्वाचन समितिलाई प्रमाणपत्र प्रदान गरिएको झापा जिल्ला अध्यक्ष नगेन राईले बताए ।

कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च प्रदेश नं. १ समन्वय समितिका सचिव भविराज तुम्सा, लिम्बुवान प्रान्तीय सचिवालय सदस्य मिन चम्लागाई लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...