चन्द्र कुमार राईको अध्यक्षतामा प्रदेश निर्वाचन समिति गठन

 लिम्बुवान न्युज
                       

मेचीनगर, १५ माघ । संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति झापाको समन्वयमा झापा क्षेत्र नं. १ को प्रदेश क निर्वाचन अध्यक्षमा चन्द्र कुमार राईको अध्यक्षतामा १७ सदस्यीय समिति गठन भएको छ ।

शनिबार मेचीनगरमा आयोजित कार्यक्रममा राईको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।

समितिको उपाध्यक्षहरुमा राजेन्द्र लाबु, हरी चेम्जोङ र भुवानी लिम्बु उपाध्यक्ष बनेका छन् भने सचिवमा आकाश केरुङ्, सहसचिवमा भुवानी महत खड्का र अर्थसचिवमा सुकवीर कन्दङ्वा चयन भएका छन् ।

यसैगरी उक्त भेलाले सदस्यहरुमा निम गणेश, सागर मगर, मन कुमारी आङ्देम्बे, कमल लिम्बु, गणेश नुगो, दिलहाङ सिंह, टुक बहादुर लिम्बु, बसन्त थेवे, अमिन नेम्बाङ, चन्दन श्रेष्ठ र अनिश योङहाङ चयन भएका छन् ।

कार्यक्रम लिम्बुवान प्रान्तीय सचिव धनबहादुर पन्धाकको अध्यक्षतामा सम्पन्न भएको थियो भने निर्वाचन समितिलाई प्रमाणपत्र प्रदान गरिएको झापा जिल्ला अध्यक्ष नगेन राईले बताए ।

कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च प्रदेश नं. १ समन्वय समितिका सचिव भविराज तुम्सा, लिम्बुवान प्रान्तीय सचिवालय सदस्य मिन चम्लागाई लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...