पान्थरका महिलाहरु लिम्बुवान मञ्चमा प्रवेश

 लिम्बुवान न्युज
                       

पाँचथर, १६ माघ । पान्थर फिदिमस्थित सिंगापुर होटलमा आयोजित एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालमा प्रवेश गरेका छन् । संघीय लिम्बुवान महिला मञ्च फेदेन नगर कार्यसमितिको आयोजनामा सम्पन्न कार्यक्रममा उनीहरू प्रवेश गरेका हुन् ।

आइतबार आयोजित उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्नेहरुमा शशी जगेगु सिगु, बिध्या आङ्बो, सुमिना नेम्बाङ, जेनिशा राई, बिमला हाङ्सरुम्बा, समीप आङ्बो, कौशिला नेम्बङ, जानुका लावती, रचना जबेगु लगायत रहेका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सह–सचिव सागर केरुङकाे प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नवप्रवेशीहरुलाई पार्टीको सदस्यता वितरणसाथै अविरजात्रा गरिएको थियो । उक्त कार्यक्रममा संघीय लिम्बुवान प्रान्तीय मञ्चका सचिव सुनिता केरुङ, प्रान्तीय सचिवालय सदस्य देउकुमार नेम्बाङ, जिल्ला सचिव सुबास केरुङ नुनाम, जिल्ला सचिवालद्वय रामचन्द्र नेम्बाङ, आधार घिमिरे त्यसैगरी संघीय युवा मञ्च जिल्ला उपाध्यक्ष गगन जबेगु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम अञ्जुली केरुङकाे अध्यक्षतामा भएको थियो ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...