‘इमानसिंह चेम्जोङ पुरस्कार’ निशेष आङदेम्बेलाई

 लिम्बुवान न्युज
                       

काठमाडौँ, १८ पुष । किरात याक्थुङ चुम्लुङ्ले हरेक बर्ष प्रदान गर्दै आइरहेको ‘इमानसिंह चेम्जोङ पुरस्कार’ यो बर्ष निबन्धकार निशेष आङदेम्बेलाई प्रदान गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको पूर्वकुलपति बैरागी काइँला र किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम यक्तेनले आइतबार उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।

२५ हजार रुपैयाँेको यो पुरस्कार युवा निबन्धकार आङदेम्बेको लिम्बु भाषाको ‘थिक् निसेःन्’ (२०७७) निबन्ध संग्रहका लागि यो पुरस्कार प्रदान गरिएको हो ।

चुम्लुङले लिम्बू भाषा साहित्य र किरात सिरिजङ्गा लिपिमा प्रकाशित कृतिलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ । लिम्बू भाषा, साहित्य, मुन्धुम संकलक तथा प्रसिद्ध इतिहासकार इमानसिंह चेम्जोङको योगदानलाई लिएर यो पुरस्कार चुम्लुङ्ले स्थापना गरेको हो ।

प्रमुख अतिथि काइँलाले समुदायमा लिम्बू भाषा बोलीचाली र साहित्य लेखनमा धेरै अगाडि रहेको बताए । ‘उने पुरस्कृत कृति हाम्रा इतिहास, मुन्धुम, संस्कृतिबारे जानकारी दिने महत्वपूर्ण लेखहरूको संग्रह हो,’ लिम्बू भाषाको अत्यन्तै महत्वपूर्ण किताब प्रकाशनमा आएको उल्लेख गर्दै काइँलाले भने, ‘हाम्रा शिक्षित युवाहरू अग्रसर हुनु नै यसको मूल कारण हो ।’

झन्डै दुई दशकदेखि लिम्बू भाषा, साहित्य र किरात सिरिजङ्गा लिपिका अभियानमा संलग्न निबन्धकार आङदेम्बेको यसअघि लिम्बु भाषाका दुई कृतिहरु ‘थाङ्बेन’ गजलसंग्रह (२०६२) र ‘हाङयुक्ना पाङयक्’ हास्यव्यंग्य संग्रह (२०६८) प्रकाशित छन् । आङ्देम्बे लिम्बू भाषाको टेलिभिजन कार्यक्रम ‘तुम्दङ्’ र ‘आनि साक्थिम’ कार्यक्रमका संचालक समेत हुन् ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...