‘इमानसिंह चेम्जोङ पुरस्कार’ निशेष आङदेम्बेलाई

 लिम्बुवान न्युज
                       

काठमाडौँ, १८ पुष । किरात याक्थुङ चुम्लुङ्ले हरेक बर्ष प्रदान गर्दै आइरहेको ‘इमानसिंह चेम्जोङ पुरस्कार’ यो बर्ष निबन्धकार निशेष आङदेम्बेलाई प्रदान गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको पूर्वकुलपति बैरागी काइँला र किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम यक्तेनले आइतबार उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।

२५ हजार रुपैयाँेको यो पुरस्कार युवा निबन्धकार आङदेम्बेको लिम्बु भाषाको ‘थिक् निसेःन्’ (२०७७) निबन्ध संग्रहका लागि यो पुरस्कार प्रदान गरिएको हो ।

चुम्लुङले लिम्बू भाषा साहित्य र किरात सिरिजङ्गा लिपिमा प्रकाशित कृतिलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ । लिम्बू भाषा, साहित्य, मुन्धुम संकलक तथा प्रसिद्ध इतिहासकार इमानसिंह चेम्जोङको योगदानलाई लिएर यो पुरस्कार चुम्लुङ्ले स्थापना गरेको हो ।

प्रमुख अतिथि काइँलाले समुदायमा लिम्बू भाषा बोलीचाली र साहित्य लेखनमा धेरै अगाडि रहेको बताए । ‘उने पुरस्कृत कृति हाम्रा इतिहास, मुन्धुम, संस्कृतिबारे जानकारी दिने महत्वपूर्ण लेखहरूको संग्रह हो,’ लिम्बू भाषाको अत्यन्तै महत्वपूर्ण किताब प्रकाशनमा आएको उल्लेख गर्दै काइँलाले भने, ‘हाम्रा शिक्षित युवाहरू अग्रसर हुनु नै यसको मूल कारण हो ।’

झन्डै दुई दशकदेखि लिम्बू भाषा, साहित्य र किरात सिरिजङ्गा लिपिका अभियानमा संलग्न निबन्धकार आङदेम्बेको यसअघि लिम्बु भाषाका दुई कृतिहरु ‘थाङ्बेन’ गजलसंग्रह (२०६२) र ‘हाङयुक्ना पाङयक्’ हास्यव्यंग्य संग्रह (२०६८) प्रकाशित छन् । आङ्देम्बे लिम्बू भाषाको टेलिभिजन कार्यक्रम ‘तुम्दङ्’ र ‘आनि साक्थिम’ कार्यक्रमका संचालक समेत हुन् ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;