‘इमानसिंह चेम्जोङ पुरस्कार’ निशेष आङदेम्बेलाई

 लिम्बुवान न्युज
                       

काठमाडौँ, १८ पुष । किरात याक्थुङ चुम्लुङ्ले हरेक बर्ष प्रदान गर्दै आइरहेको ‘इमानसिंह चेम्जोङ पुरस्कार’ यो बर्ष निबन्धकार निशेष आङदेम्बेलाई प्रदान गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको पूर्वकुलपति बैरागी काइँला र किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम यक्तेनले आइतबार उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।

२५ हजार रुपैयाँेको यो पुरस्कार युवा निबन्धकार आङदेम्बेको लिम्बु भाषाको ‘थिक् निसेःन्’ (२०७७) निबन्ध संग्रहका लागि यो पुरस्कार प्रदान गरिएको हो ।

चुम्लुङले लिम्बू भाषा साहित्य र किरात सिरिजङ्गा लिपिमा प्रकाशित कृतिलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ । लिम्बू भाषा, साहित्य, मुन्धुम संकलक तथा प्रसिद्ध इतिहासकार इमानसिंह चेम्जोङको योगदानलाई लिएर यो पुरस्कार चुम्लुङ्ले स्थापना गरेको हो ।

प्रमुख अतिथि काइँलाले समुदायमा लिम्बू भाषा बोलीचाली र साहित्य लेखनमा धेरै अगाडि रहेको बताए । ‘उने पुरस्कृत कृति हाम्रा इतिहास, मुन्धुम, संस्कृतिबारे जानकारी दिने महत्वपूर्ण लेखहरूको संग्रह हो,’ लिम्बू भाषाको अत्यन्तै महत्वपूर्ण किताब प्रकाशनमा आएको उल्लेख गर्दै काइँलाले भने, ‘हाम्रा शिक्षित युवाहरू अग्रसर हुनु नै यसको मूल कारण हो ।’

झन्डै दुई दशकदेखि लिम्बू भाषा, साहित्य र किरात सिरिजङ्गा लिपिका अभियानमा संलग्न निबन्धकार आङदेम्बेको यसअघि लिम्बु भाषाका दुई कृतिहरु ‘थाङ्बेन’ गजलसंग्रह (२०६२) र ‘हाङयुक्ना पाङयक्’ हास्यव्यंग्य संग्रह (२०६८) प्रकाशित छन् । आङ्देम्बे लिम्बू भाषाको टेलिभिजन कार्यक्रम ‘तुम्दङ्’ र ‘आनि साक्थिम’ कार्यक्रमका संचालक समेत हुन् ।

सम्बन्धित समाचार

झापामा पहिचानको लागि युवा गठनः सामी पालुङवाको संयोजकत्वमा १५०१ युवा घोषणा

दमक, ३० भदौं । प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति झापाले पहिचानको आन्दोलन सशक्त बनाउन झापामा “पहिचानको लागि युवा” दस्ता घोषणा गरेको छ । शनिबार बिर्तामोडस्थित सिटि सेन्टरको सभाहलमा झापा जिल्लाका पहिचानवादी युवाहरुको...

समाजवादी मोर्चालाई प्रदेशको नाम कोशी लेख्न सकस

विराटनगर, २५ भदौ । सोमबार विराटनगरमा प्रदेश स्तरीय सभा आयोजना गर्दा समाजवादी मोर्चाले ब्यानरमा प्रदेशको नाम लेख्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मोर्चामा आवद्ध दलका शीर्ष नेताले सम्बोधन गरेको उक्त सभाको ब्यानरमा ‘प्रदेश स्तरीय...

दमकका स्रष्टा हेम अधिकारीका तीनवटा कृति एकैसाथ विमोचन

झापा, दमक । साहित्यकार हेम अधिकारीका तीन कृति क्रियाको रुप विश्लेषण आधुनिक भाषा विज्ञान, जीवनका गौंडा गल्छेँडाहरु र “उत्तरी ध्रुवतिर टहलिँदा “नियात्रा सङ्ग्रह साहित्य कला संगम दमकको आयोजनामा मेची सहकारीको सभाहलमा बिमोचन कार्यक्रम सम्पन्न भयो...

चुम्लुङले कोशी खारेजीको माग राख्दै र्यालीसहित ३५औं स्थापना दिवस मनायो

काठमाडौं, १७ भदौं । ललितपुरमा प्रदेश नं. १ को नाम कोशी खारेज गर्न मागसहित विरोध प्रदर्शन भएको छ । आइतबार दिउँसो किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसको अवसरमा ललितपुरको जावलाखेलदेखि ढोलाहिटीस्थित चुम्लुङ् हिमसम्म प्रदर्शन...