बिहिबार, २१ पुष, २०७९ रातीको ०९:३० बजे,
लिम्बुवान न्युज
दमक, २१ पुष । नियतीले ठगेका अभागी प्रेम जोडीको ह्दयविदारक कथा प्रस्तुत गरिएको बिमला खजुम लिम्बू र पुर्ण लिम्बूद्वारा अभिनित गीत ‘तिमी बिना’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
एक सुखी प्रेम जोडी दाम्पती जो पहिलो पटक आमा बुवा बन्ने क्रममा हुन्छन् तर एक्कासी दैव निष्ठुरी भईदिन्छ र सुखी दाम्पतीमा बज्रपात आईपर्छ । युवती अचानक दुर्घटनामा परेपछि आमा बन्नबाट बन्चित मात्र हुदैंनन् अन्तत मृत्यूको मुख सम्म पुग्छिन् । यसरी एकाएक सुखबाट दुखमा परिनत हुने प्रेम जोडीको कारुनिक कथा प्रस्तुत गरिएको भिडियोलाई हेमन तामाङले निर्देशन सम्पादन र कलर गरेका हुन् ।
कोशी भिजन फिल्मस्को प्रस्तुतिमा प्रेम कृष्ण बजगाईको शव्द तथा संगीतमा पुर्ण लिम्बूको आवाज रहेको गीतको भिडियोमा सुमन तामाङको छायांकन तथा ड्रोन, देवराज सिग्देलको सहायक छायांकन, महेश सिग्देलको मेकअप तथा रन्जित लवार, गोपाली नेपाली र सन्तोष तामाङको क्रिउ रहेको छ ।
राजु कार्कीको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङमा किङग् स्टुडियोमा मनोज साङसोन राईले रेकर्ड गरेका हुन् ।
कोशी भिजन फिल्मस् इटहरीको पोष्ट प्रडक्सन रहेको भिडियो ओएसआर डिजिटल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
दमक, १९ माघ / दमक नगरपालिकाले राष्ट्रिय भूमि आयोग झापाको समन्वयमा दमक १० का २७ भूमिहीन परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण गरेको छ । वडा कार्यालयमा आज संक्षिप्त कार्यक्रमका गरि नगरपालिकाले सामूहिक रुपमा जग्गाधनी पुर्जा...
दमक, १९ माघ । प्रेस चौतारी नेपाल झापाले प्रथम अध्यक्षलाई अभिनन्दन र जिल्लाका ५ जना अग्रज पत्रकारलाई सम्मान गर्ने भएको छ । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसर पारेर चौतारीले झापा शाखाका प्रथम...
पान्थर, १६ माघ । कक्षा ११ र १२ लिम्बू भाषा र साहित्य पाठ्यक्रम २०५९ दोस्रो परिमार्जन र संशोधन सहित अनुमोदन पाठ्यक्रम २०७९ को विमोचन गरिएको छ । शनिवार पान्थर फाल्गुनन्द गाउँपालिका याम्बोङस्थित सत्यहाङमा माध्यमिक विद्यालयको...
दमक, १६ माघ । माघ २३ गतेदेखि शुरु हुन गईरहेको पवित्रहाङमा कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ । किराँत धर्मगुरु आमा साँबा पवित्रहाङमाको ६७औं जन्मोत्सवको अवसर पारेर प्रत्येक वर्ष आयोजना हुने फुटबल...
हाम्रो बारेमा
प्रकाशक:
माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रा.लि.
प्रदेश न १ , दमक–१, झापा
सूचना विभाग द.नं. २१४६/०७७-७८
सम्पर्क ठेगाना
टेलिफोन
फोन नं. ०२३-५८१८९१
ईमेल
Limbuwan.khabarnews@gmail.com
विज्ञापन शाखा
९८०७९२९१११
हाम्रो टीम
प्रवन्ध निर्देशक/प्रधान सम्पादक
दिल कुमार लावती
९८४४६५८८४४/९८२४०१२१८२