“याक्थुङ साम्जिक मुन्धुम” प्रकाशित

 लिम्बुवान न्युज
                       

काठमाडौं । याक्थुङ् जातीका येवा, साम्बा, मुन्धुमसावा लगायत बुढापाकाहरुले मुखले बोलेर बाचन गरिँदै आएको मुन्धुमलाई पहिलोपल्ट बृहत् रुपमा लेख्य लिपीमा प्रकाशन गरिएको छ । “याक्थुङ साम्जिक मुन्धुम” नाम दिइएको उक्त किताब हालै राजधानीबाट सार्वजनिक भएको हो ।

येबा पूर्णप्रसाद तबेबुङ, खड्कबहादुर इधिंगो, बुद्धिराज मादेन, मेघराज इधिंगो, भक्तिदेवी फुरुम्बो भएर यो पुस्तक संकलन गरेका हुन् । यसलाई सम्पादन र नेपाली अनुवाद बुद्धिजिवी डीबी आङबुङले गरेका छन् । उनले यसलाई रोमन लिपी अन्तर्गत उच्चरित हुने भाषामा प्रसार समेत गरेका छन् ।

वैरागी काइँलाले यस किताबबारे भनेका छन्, ‘लिम्बु जातिको जन्मदेखि मृत्युपर्यन्तका धार्मिक, साँस्कृतिक, सामाजिक विधिविधान, संस्कार र आध्यात्मिक दर्शन समेटेर एकमुष्ट सम्पादन, लेखन भएको यो पहिलो ऐतिहासिक दस्तावेज हो ।’

यसअगाडि काइँला, भोगिराज राई, इमान सिंह चेम्जोङ लगायतले मुन्धुमको लेख्य रुपलाई सार्वजनिक गरे पनि यो पहिलोपल्ट यति विस्तृत रुपमा सार्वजनिक भएको हो । (अनलाइनखबरबाट)

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...