“याक्थुङ साम्जिक मुन्धुम” प्रकाशित

 लिम्बुवान न्युज
                       

काठमाडौं । याक्थुङ् जातीका येवा, साम्बा, मुन्धुमसावा लगायत बुढापाकाहरुले मुखले बोलेर बाचन गरिँदै आएको मुन्धुमलाई पहिलोपल्ट बृहत् रुपमा लेख्य लिपीमा प्रकाशन गरिएको छ । “याक्थुङ साम्जिक मुन्धुम” नाम दिइएको उक्त किताब हालै राजधानीबाट सार्वजनिक भएको हो ।

येबा पूर्णप्रसाद तबेबुङ, खड्कबहादुर इधिंगो, बुद्धिराज मादेन, मेघराज इधिंगो, भक्तिदेवी फुरुम्बो भएर यो पुस्तक संकलन गरेका हुन् । यसलाई सम्पादन र नेपाली अनुवाद बुद्धिजिवी डीबी आङबुङले गरेका छन् । उनले यसलाई रोमन लिपी अन्तर्गत उच्चरित हुने भाषामा प्रसार समेत गरेका छन् ।

वैरागी काइँलाले यस किताबबारे भनेका छन्, ‘लिम्बु जातिको जन्मदेखि मृत्युपर्यन्तका धार्मिक, साँस्कृतिक, सामाजिक विधिविधान, संस्कार र आध्यात्मिक दर्शन समेटेर एकमुष्ट सम्पादन, लेखन भएको यो पहिलो ऐतिहासिक दस्तावेज हो ।’

यसअगाडि काइँला, भोगिराज राई, इमान सिंह चेम्जोङ लगायतले मुन्धुमको लेख्य रुपलाई सार्वजनिक गरे पनि यो पहिलोपल्ट यति विस्तृत रुपमा सार्वजनिक भएको हो । (अनलाइनखबरबाट)

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...