प्रदेश १ मा मन्त्रालय घटाएर ९ कायम गर्ने प्रदेश सरकारको निर्णय

 लिम्बुवान न्युज
                       

नवगठित प्रदेश नम्बर १ सरकारको सोमबारको पहिलो मन्त्रिपरिषद बैठकले प्रदेश मन्त्रालयको संख्या ९ मा झार्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की निकट स्रोतले दिएको जानकारी अनुसार प्रदेश १ मा मन्त्रालयको संख्या ७ बाट १४ पुगेको बारे ब्यापकजनगुनासो रहेको भन्दै प्रदेश सरकारले पहिलो निर्णय नै मन्त्रालय घटाउने भनी गरेको हो ।

सोमबारको बैठकले प्रदेशभर सरकारी सेवा प्रवाहको अवस्था सुधार गर्न प्रशासन सुधार कार्यदल गठन गर्ने, शीतलहरबाट जोगिनपूर्वतयारी गर्ने लगायतका निणर्य गरेको नवनियुक्त बिना विभागीय मन्त्री भक्ति सिटौलाले जानकारी दिएका छन् ।

मुख्यमन्त्री कार्कीसहित ३ मन्त्रीले लिए सपथ

यस अघि सोमबार अपरान्ह प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित प्रदेशका ३ जना नवनियुक्त मन्त्रीकोसपथ प्रदेश नम्बर १ प्रदेश प्रमुखको कार्यालयमा भएको थियो ।

प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई संविधानको धारा १६८ को उपधारा (९) बमोजिम सपथ गराएका थिए ।

सो लगत्तै कार्कीले एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बूलाई बिना विभागीय मन्त्रीमानियुक्त गरेका थिए ।

नवनियुक्त मन्त्रीहरुलाई समेत प्रदेश प्रमुख खापुङले सपथ गराएका थिए ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;