मौसम र कृति अभिनित ‘मिक्नु मिक्किन थक्तेल्ले’ सार्वजनिक (भिडियो सहित)

,   लिम्बुवान न्युज
                       


माङसेबुङ, ९ माघ । भुपेन्द्र तुम्बाङफेको निर्देशन तथा छायांकनमा लिम्बू भाषाको बिल्कुलै नयाँ गीत ‘मिक्नु मिक्किन थक्तेल्ले’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

सञ्चारकर्मी तथा गीतकर आन्छुमे नसानको शव्द गायक तथा संगीतकार एकान्त आङदेम्बेको संगीतमा गायक हरि तुम्रोक लिम्बू र गायीका प्रितिका बेघाको आवाजमा सजिएको गीत ‘मिक्नु मिक्किन थक्तेल्ले’ को भिडियो शनिबार सार्वजनिक गरिएको हो ।

मोरङको केराबारीमा छायांकन गरिएको भिडियोमा मौसम इम्बुङ(फुलेन्देको बाउ), कृति मिभक, अनिस लावती, हस्त लिबाङ लगायतको अभिनय रहेको छ ।

आँखा आँखा जुधेपछि माया बसेको प्रेमिल भावहरु समावेश गरिएको गीतको भिडियोमा एक तर्फी मन मनै मन पराएको माया प्रेममा आईपर्ने रमाईलो घटना प्रस्तुत गरिएको भिडियो गायक स्वयम्को अफिसियल युट्यूव च्यानल हरि लिम्बू अफिसियलबाट सार्वजनिक गरिएको छ ।

सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको मुस्कान मुकारुङको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियोमा अशोक मण्डलको मेकप र अनिल रानाको सन्पादन रहेको छ ।

थैली इन्टरटेन्मेन्टको पोष्ट प्रडक्शनमा देवराज सिग्देलको सहायक छायांकन, दीपना राईको सहायक कोरियोग्राफी रहेको भिडियोमा अनिस लावती र सन्तोष राईको निर्माण नियन्त्रण रहेको छ ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;