सुनिता र सुजनको आवाजमा ‘सुन काटी शिरमा’ गीतको भिडियो सार्वजनिक
बुधबार, ११ माघ, २०७९ रातीको ०९:०८ बजे,
लिम्बुवान न्युज
दमक, ११ माघ । अहिलेका चर्चित गायिका सुनिता थेगिम र गायक सुजन आङदेम्बेको आवाजमा सजिएको पुर्वेली मौलिक भाकामा सजिएको रोमान्टिक गीत ‘सुन काटी शिरमा’ को भिडियो सार्वजनिक गरिएको छ ।
गीतकार तथा संगीतकार बुद्धराज लिम्बूको शव्द तथा संगीत रहेको गीतमा गायिका स्वयम् सुनिता थेगिम, सुजन आङदेम्बे, दिनेश नाछिरिङ, अनुसा राई, बिजय राई र नवीना सम्बाहाङफेको अभिनय रहेको भिडियो आईतबार सार्वजनिक गरिएको हो ।
इगल आई भीउको प्रडक्शन रहेको भिडियोलाई प्रमोद भण्डारीले तयार पारेका हुन् । भिडियोमा क्याच स्टुडियोको पोष्ट प्रडक्शन तथा स्मृति राईको मेकअप रहेको छ ।
देबेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।
पुर्बेली मौलिक शव्द संगीतलाई आधुनिकिकरण गर्न लिम्बु मिथकहरु समेत राखिएको गीतको भिडियो गायिका सुनिता थेगिमको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...
धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...