लिम्बुवानका नेता राजु राई मातृ शोकमा

 लिम्बुवान न्युज
                       

दमक, १५ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सचिवालय सदस्य तथा लिम्बुवान प्रान्तीय मञ्चका सचिव राजु राई मातृ शोकमा परेका छन् ।

लिम्बुवानका युवा नेता राईको आमा सुमित्रा राईका आइतबारे असामयिक भएको खबरले मञ्च स्तब्ध भएको छ ।

संघीय मञ्चको स्थापना कालदेखि नै लिम्बुवान भोलेन्टियर्सको विभिन्न कमाण्ड सम्हाल्दै सहकमाण्डर समेत बनेका राईको लिम्बुवान आन्दोलनमा लामो योगदान रहेको छ ।

बि.सं. २०१४ सालमा जन्मनु भएकी आमा विगत लामो समय देखि अस्वस्थ रहनुभएको थियो । छ महिना अघि मात्र फोक्सोमा क्यान्सर भएको थापा भएको नेता राईले बताए । ६५ बर्षीय आमा सुमित्रा हाल झापा जिल्ला शिवसताक्षीमा स्थायी रुपमा बस्दै आउनु भएको थियो ।

आमाको पार्थिव शरीरलाई सोमबार दिउँसो १ बजे शिवसताक्षी स्थित समाधिस्थलमा अन्त्येष्टि गरिने नेता राईले बताएको छन् ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;