मुक्कुमलुङमा केवलकार निर्माण कार्य रोक्न माग गर्दै ताप्लेजुङमा जनप्रदर्शन

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ, १५ माघ । ताप्लेजुङको पवित्र धार्मिक स्थल मुक्कुमलुङमा केबलकार निर्माण गर्न नहुने अडान दोहो¥याउँदै सोमवार फुङलिङमा जनप्रर्दशन भएको छ ।

‘मुन्धुमीस्थलको माथि–माथि केबलकार कुदाउन पाँईदैंन,राष्ट्रिय फूल लालीगुराँस काट्ने नीति चाँहिदैंन, प्रकृति पूजकहरु एक होऔं’जस्ता नारा सहित जनप्रर्दशन भएको छ ।

मुक्कुमलुङ संयुक्त संघर्ष समिति, केवलकार निर्माण खारेजी संयुक्त संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ, प्रदेश नं १ पुनःनामाङ्कन संयुक्त संघर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा, मुक्कुमलुङ फासिङ तान्सेःप् चुम्भो सहित विभिन्न संघसंस्था र पहिचान पक्षधर राजनीति दलहरुकोहरूको संयोजनमा जनप्रर्दशन भएको हो ।

जनप्रर्दशनमा सहभागिता जनाउन राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वा, किराँत याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेन, प्रदेश नं १ पुनःनामाङ्कन संयुक्त संघर्ष समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम र लिम्बू थरगत संस्था (याक्थुङ सयङ) मूल अभियान सहजीकरण समूहका संयोजक नन्द कन्दङ्वा सहितका पहिचान पक्षधर नेताहरुले फुङलिङमा आएर सम्बोधन समेत गरेका थिए।

मुक्कुमलुङ्मा केबलकार निर्माण गर्न नहुने अडान राख्दै उनिहरुले केवलकार निर्माणले सो क्षेत्रको पर्यावरण, पुरातात्विक र जैविक विविधता नष्ट संगै मनोरम प्राकृतिक सम्पदा विनास हुने तथा साँस्कृतिक अतिक्रमण बढ्ने तर्क गरिरहेका छन् ।

कार्यक्रममा हजारौं सहभागी भएका थिए भने उनिहरुले फुङ्लिङ बजारमा विभिन्न नाराहरु लेखिएको प्ले कार्ड बोकेर परिक्रमा समेत गरेका थिए ।

झापा, इलाम, पाँचथर र छिमेकी  जिल्ला तेह्रथुमबाट समेत कार्यक्रममा सहभागी भएको बताइएको छ । केवलकार निर्माण कार्य नरोकिए कडाभन्दा कडा आन्दोलन गर्ने समेत उनिहरुले चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...

माघ २५ देखि ‘पवित्रहाङमा कप’ हुने

दमक, ११ माघ । किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘१६औं पवित्रहाङमा गोल्ड कप २०८२’ आउदो माघ २५ गतेदेखि फागुन ३ गतेसम्म संचालन हुने भएको...