क्रिस गुरुङ र कञ्चन डाँगी क्षेत्री फिचरिङ भएकाे गीत ‘गर्नु गर्याे यानिमाया’ सार्वजनिक

 लिम्बुवान न्युज
                       

ललितपुर, १८ पौष । चर्चित गायिका मेलिना राई र तिलक बस्नेतको स्वरमा सजिएको अत्यन्तै मिठो गीत ‘गर्नु ग¥यो यानिमाया तम्रै मायाले’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गायक बस्नेतको युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।

अहिलेका चर्चिक मोडेल क्रिस गुरुङ र कञ्चन डाँगी क्षेत्रीको फिचरिङ् गरिएको गीत मगर संस्कृति झल्कनेगरी बनाइएको छ । माया पिरती झल्किने उक्त गीतले पश्चिमी भाकामा गायक द्वयले अत्यन्तै मिठो स्वरमा पस्किएका छन् ।

गायक बस्नेतकै रचना तथा संगीत रहेको गीतलाई रमेश क्षेत्रीको एरेन्ज, नरेन्द्र वियोगीको मिक्सिङ र मास्टरिङ रहेको गीतलाई वाभा स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

दिनेश पराजुलीकाे छाँयाङकन रहेकाे गीतलाइ अमृत पराजुलीले कलरिङ गरेका हुन् भने पुनम चाैधरीले मेकअप गरेका हुन् । यसैगरी गीतलाइ विष्णु बस्नेतले निर्माण गरेका हुन् ।

भिडियाे तल हेर्नुहाेलाः

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...