मुक्कुमलुङमा केवलकार निर्माण कार्य रोक्न माग

,   लिम्बुवान न्युज
                       

दमक, १८ पौष । याक्थुङ मुन्चइत चोक सयङ (लिम्बु चलचित्र कर्मी संघ) संघीय कार्यसमितिले ताप्लेजुङको मुक्कुम्लुङमा केवलकार निर्माण कार्य रोक्न माग गरेको छ । सयङका अध्यक्ष सागर केरुङले एक विज्ञप्ति जारी गर्दै तत्काल निर्माण कार्य रोकि संवाद गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गरेको हो ।
राज्य र निर्माण कम्पनीले लिम्बू समुदायमाथी गरिरहेको दमनको घोर भत्सर्ना गर्र्दै थप क्षति हुनबाट रोक्न माग गरेको छ । याक्थुङहरुको आस्थामाथि प्रहार गर्ने राज्यको दमनकारी नीतिले सांस्कृतिक सम्पदाहरु लोप हुने भएको हुँदा र त्यहाँको प्राकृतिक संरचनाहरु सबै समाप्त हुने भन्दै सयङले पक्राउ परेका सबै आन्दोलनकारीहरुलाई विना सर्त रिहाई साथै घाइतेहरुलाई स्वास्थ्य उपचार गर्न पनि माग गरेको छ ।

विज्ञप्तिको पुर्ण पाठ हेर्नुहोस –

लिम्बु याक्थुङहरुको आस्थाको केन्द्र, शक्तिपीठ मुक्कुम्लुङ भत्काउन खोज्ने र जोगाउन खोज्नेविचको द्वन्द्वात्मक परिस्थितिलाइ नजिकबाट नियालिरहेका छौं । याक्थुङ समुदायको आस्थाको केन्द्रमाथि राज्यले गरिरहेको सांस्कृतिकसंहारप्रति खेद प्रकट गर्दछौं । एउटा निजि कम्पनी र सिमित व्यक्तिहरुको स्वार्थको निम्ति राज्यले लिम्बु समुदायमाथि खुकुरी प्रहार गर्ने, धडपकड गर्ने र हिंसात्मक गतिविधि गरिरहेको छ, यसको हामी सशक्त प्रतिकार गर्छौं । मुक्कुम्लुङ भत्काएर केवलकार बनाउन खोज्ने कम्पनि, नेपाल सरकार र सरोकारवालाहरुले त्यस कार्य रोकी तुरन्तै संवादको वातावरण सृजना गर्न हुन हार्दिक अनुरोध गर्दछौं । सम्पूर्ण मानवअधिकारकर्मी, न्याय र समानता चाहाने आम समुदायमा मुक्कुम्लुङमाथि भइरहेको बर्बर दमनलाइ रोक्नको लागि सहयोग गरिदिन हुन हार्दिक अपिल गर्दछौं । यो वा त्यो बाहानामा गिरफ्तार गरिएका मुक्कुम्लुङ पक्षधर नागरिकहरुलाई बिनासर्त रिहाइ गर्न माग गर्दछौं । आन्दोलनमा घाइते हुनुभएका महानुभावहरुको स्वास्थलाभको कामना गर्दछौं । घाइतेहरुलाइ राज्यले स्वास्थ्य उपचार र क्षतिपूर्तिको व्यवस्थापन गरिदिन जोडदार माग गर्दछौं ।
उपरोक्त बिषयहरु बेवास्ता गरि मुक्कुम्लुङ भत्काउन लिम्बु समुदायमाथि दमन गरिरहे हामी तपशिल कार्य गर्न बाध्य हुनेछौं ।
१, चलचित्र निर्माण गर्छौं । तपाइहरुलाई थाहा छ ः हामीले निर्माण गर्ने चलचित्रहरु संसारको आदिवासी जनजाति चलचित्र महोत्सवहरुमा जान्छन र अन्य महोत्सहरुमा पनि । तेस्ता महोत्सवहरुमा मानवीय संवेदनालाइ कुल्चेर भए पनि, कपोकल्पित आख्यान निर्माण गरेर भए पनि मुक्कुम्लुङ भत्काउन खोज्नेहरुलाई राक्षस, दानव एन्टागोनिष्टको रुपमा प्रस्तुत गर्छौं । मुक्कुम्लुङ भत्काएर केहि पैसा कमाउनुहुन्छ, तर यस्ता चलचित्रहरु सयौं वर्ष रहनेछन, सयौं वर्ष दानवको रुपमा चित्रित भइरहनुहुनेछ र दुनियाँले थुकिरहनेछन ।
२, मुक्कुम्लुङको डकुमेन्ट्री निर्माण गर्छौं । मुक्कुम्लुङमा राज्य र कम्पनी कसरी घुसे ? कम्पनीवाला चन्द्र ढकाल सम्भ्याताको विकास कसरी आयो ? लिम्बु समुदायलाई एकापसमा काटाकाट मारामार गर्ने वातावरण सृजना गर्न के के प्रयत्न गरे जस्ता बिषय समेट्नेछौं । त्यस्ता डकुमेन्ट्रीमा राज्य र भत्काउने कम्पनीलाई राक्षस, दानव एन्टागोनिष्टकोरुपमा प्रस्तुत गरेर संसारभरि पुर्याउनेछौं । जुन डकुमेन्ट्रीले मुक्कुम्लुङ भत्काउने अपराधीहरुलाई युगौयुग सफाई दिने छैन ।
३, म्युजिक भिडियो निर्माण गर्छौं । मुक्कुम्लुङको बिषयमा म्युजिक भिडियो निर्माण गरेर भत्काउने तत्वलाई राक्षस, दानव एन्टागोनिष्टको रुपमा प्रस्तुत गर्छौं । ता कि विश्वले नेपालको पूर्वी लिम्बुवानमा यस्ता दानव राक्षसहरुको हर्कत था पाओस ।
४, कार्टुन निर्माण गर्छौं । मुक्कुम्लुङ भत्काउनेहरुलाइ राक्षसी दानव पात्रकोरुपमा प्रस्तुत गरेर कार्टुन निर्माण गर्छौं र सबै बालबालिकाको हातहातमा पुर्याएर उनीहरुको मानसपटलमा स्थापित गरिदिन्छौं ।
५, टिकटक र रिल्स निर्माण गर्छौं । मुक्कुम्लुङ भत्काएर केवल कार बनाउन खोज्ने पात्रहरुलाई एन्टागोनिष्ट पात्र बनाएर टिकटक र रिल्स मार्फत संसारभर पुर्याईदिनेछौं । जुन कुरा संसारले देख्नेछन र तेस्ता पात्रहरुलाई संसारले घृणाको रुपमा हेरिरहनेछन ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;