मुक्कुमलुङलाई सैनिकीकरण नगर्न संयुक्त पहिचानवादी मोर्चाको आव्हान

,   लिम्बुवान न्युज
                       


दमक, १९ पौष । संयुक्त पहिचानवादी मोर्चाले लिम्बुवानस्थित ताप्लेजुङमा अवस्थित रैथाने याक्थुङ लिम्बु समुदायको आस्थाको केन्द्र मुक्कुमलुङ सेमुक्तुमुक्तुबो माङको अस्तित्व समाप्त गर्ने विकासको नाममा जबरजस्ती केवलकार निर्माण योजना रोक्न आव्हान गरेको छ ।

मोर्चाले विज्ञप्ति जारी गर्दै मुक्कुमलुङमा सैनिकीकरण गर्दै विकासको नाममा त्यसको सांस्कृतिक अतिक्रमण मान्य नहुने भनेको छ । एक पुँजीपति दलालको अगुवाईमा बन्न लागेको केलवकार निर्माण बढाउन शसस्त्र प्रहरी र जनपथ प्रहरी नै तैनाथ गरि सत्ताले पञ्चायती शैलीमा त्यहाँका रैथानेहरु रोजी रोटी खोस्ने दुस्साहस गरेको भन्दै त्यसको विरोध गरेको जनाएको छ ।

मोर्चाले विश्वका आदिवासीहरुको जल, जंगल, जमिन, सम्पदा, संस्कृति आदि राज्यले खोस्न विकासको भ्रम छर्दै सैनिकीकरण गर्दै गएकोमा आपत्ति जनाउँदै तत्काल बन्द गर्न आव्हान गरेको छ ।

नेपालको संविधानको धारा ३२, धारा ५१ को .(ग)मा व्यवस्था भएको समुदायको सांस्कृतिक अधिकार, आइएलओ १६९ लगायत अन्तराष्ट्रि कानून र विश्वव्यापी मानवअधिकारले सुनिश्चित गरेका अधिकार तथा सामाजिक सांस्कृतिक अधिकारको सम्मान गर्न र जनताको नैसर्गिक अधिकार उपभोगमा बाधक नबन्न ओली सरकारलाई विज्ञप्ति मार्फत आग्रह गरेको छ ।

संयुक्त मोर्चाका चार शिर्ष नेताहरु प्रदेश नं. १ पुनः नामाङकन अभियान समितिका संयोजक डकेन्द्र सिंह थेगिम, पहिचानवादी मोर्चाका संघीय संयोजक प्रा.डा. महेन्द्र लावती, नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवा र नाउपा संघीय अध्यक्ष ज्ञान बहादुर गरुङ्ले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

यसैगरी शुक्रबार आज ताप्लेजुङ फुङलिङ बजारमा मुक्कुमलुङ संरक्षण समितिको आयोजनामा र्याली सहित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिई कोणसभा गरिएको पहिचानवादी मोर्चाका नेता कुमार साम्युले बताउनु भयो । र्यालीमा ताप्लेजुङका हजारौं सहभागि भएका थिए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;