आइतबार, २१ पुष, २०८१ रातीको ०९:२९ बजे,
लिम्बुवान न्युज
दमक, २१ पाैष । गायक दिपक लिम्बू र गायिका निरन्ता नेम्बाङको आवाज रहेको पालाम ‘फेदापे’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।
खगेन्द्र पन्धाक लिम्बूको छायांकन तथा निर्देशन रहेको पालाम ‘फेदापे’ को म्युजिक भिडियो सेमिहाङ क्रिएशन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोमा सेमिहाङ सिंगक र रेखा लिम्बूले अभिनय गरेका छन् ।
पालाममा चन्द्र कुबेर खापुङको शव्द संकलन र अशारसिं निङलेकुको लय संकलन रहेको छ । यस पालामको अडियो तिर्थराज मादेम्बा लिम्बूले निर्माण गरेका हुन् ।
भिडियोमा सेमिहाङ र रेखा अलावा तिर्थराज मादेम्बा, दिपक लिम्बू, निरन्ता नेम्बाङ, रीता श्रेङ चोङबाङ, नैनकला वनेम, चन्द्र कुमारी आङला मादेम्बा, इङजुम मादेम्बा र निर्मला आङलाको समेत अभिनय रहेको छ ।
तिर्थराज मादेम्बाको परिकल्पा रहेको भिडियोमा रेखा लिम्बूको मेकअप रहेको छ । जय प्रकाश लिम्बूको सहायक छायांकन तथा सहायक निर्देशन रहेको भिडियोमा खगेन्द्र पन्धाक लिम्बूकै सम्पादन र कलर रहेको छ ।
पालाम ‘फेदापे’ फेदापको लवज हो र फेदापथुम याक्थुङ् सभ्यताको पुरातन सभ्यता हो । फेदापको लवज र लय याक्थुङ् सभ्यताको सौन्दर्य प्रस्तुत गरिएको पालाम आम दर्शकको लागि रुचि बन्न सक्छ ।
दमक,झापा / झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...
दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...
दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...
ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...