उर्लाबारीमा पाँचौं धिमाल जातिको चिचिरी, गेन्द्रो दिवस मनाइने

 लिम्बुवान न्युज
                       


दमक, २१ पौष । धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिको आयोजनामा पाँचौं चिचिरी, गेन्द्रो दिवस मनाइने भएको छ । धिमाल जातिको मौलिक खाना, संस्कतिको प्रचारप्रसार र प्रवर्धन गर्न मोरङको उर्लाबारीमा चिचिरी, गेन्द्रो दिवस–२०८१ माघ १२ गते शनिबारका दिन मनाउने निर्णय भएको हो ।
धिमाल जातिको लोपोन्मुख सँस्कृति, कला, मौलिकता र स्वास्थ्य खानाका परिकारहरुलाई प्रबद्र्धन गर्न यो दिवस हरेक वर्ष मनाउने गरेको धिमाल जातिय विकास केन्द्रका महासचिव मातृका धिमालले बताउनु भयो ।
धिमाल परिकार स्टलमा धिमाल जातिको मौलिक खानाहरु चिचिरी, गेन्द्रो, तोले, चुदुर, पायाको बिहा, गोरा, हाया लगायतका परिकारहरु पाईने उनले बताए । सो अवसरमा विभिन्न राष्ट्रिय तथा धिमाल जातिका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको उपस्थितिमा साँस्कृतिक तथा सांगीतिक कार्यक्रम पनि हुने उनले बताए ।
यस अघि झापाको दमकमा पहिलो संस्करण, मोरङको उर्लाबारी मङलबारेमा दोस्रो संस्करण र मोरङको बेलबारीमा तेस्रो संस्करण र पथरीमा चौथो संस्करणको चिचिरी, गेन्द्रो दिवस मनाइएको केन्द्रका सहअध्यक्ष केदार धिमालले लिम्बुवान खबरलाई बताउनु भएको छ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...