
दमकमा एक बालक मृत फेला
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
दमक, २२ पाैष । दमक नमुना ब्याडमिन्टन एकेडेमिको पहिलो साधारण सभा सम्पन्न भएकाे छ । शुक्रबार इलामको चुलाचुली ५ स्थित चपेटिमा पुरस्कार वितरण तथा वनभोज कार्यक्रम सहित सम्पन्न भएको हाे ।
दमक नगरका प्रमुख राम कुमार थापाकाे प्रमुख अातिथ्यतामा भएकाे कार्यक्रममा बाेल्दै उनले आफू निर्वाचित भएसँगै एकेडेमिको भवन निर्माणसँग जोडिएको हुनाले यसको सर्वाङ्गीण विकासको निम्ति लागि पर्ने बताए ।
एकेडेमिका अध्यक्ष प्रकाश राईको अध्यक्षता भएको औपचारिक कार्यक्रममा माङसेबुङ गाउँपालिका प्रवक्ता सुसन राई, राष्ट्रिय अम्पायर भवानी आङ्देम्बे, नेपाल कराँते महासंघ झापाका रुद्र कार्की, समाजसेवीहरु धनजीत राई, श्री प्रसाद वनेम लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रम संयोजक टिका प्रसाद राईका अनुसार खेलकुद राष्ट्र र स्वास्थ्यको लागि मात्र नभएर भाइचारा बढाउने माध्यम भएको हुँदा आजको कार्यक्रमले खेलप्रेमिहरुको सम्बन्ध अझ प्रगाढ बनाएको बताए ।
उक्त कार्यक्रममा लगभग एक सय ५० जनाको उपस्थिति रहेको एकेडेमिका सचिव जसमाया राईले जानकारी दिइन । कार्यक्रमलाई एकेडेमिका उपाध्यक्ष श्याम कार्कीले सञ्चालन गरेका थिए ।
ब्याडमिन्टन खेलका विजेताहरुलाई पुरस्कार वितरण
कार्यक्रममा दोस्रो आन्तरिक दमक नमुना ब्याडमिन्टन प्रतियोगिताका पदक विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा पुष्प पाण्डे र नैनासिंह लिम्बूको जोडिले पहिलो भएका थिए ।त्यसैगरी दोस्रो स्थानमा रविन्द्र राई र राज कुमार शेर्मा रहेका थिए भने तेस्रो स्थानमा सुवास राई र टिकाराज रिजाल सँगै धन बहादुर राई र सजन राईको जोडि रहेका थिए । उनिहरुले कार्यक्रमका प्रमुख अतिथिको हातबाट ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे उपाध्यक्ष कार्कीले बताए ।
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
ललितपुर, ३१ असार । लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...