दमक ब्याडिमन्टन एकेडेमीकाे पहिलाे साधारणसभा सम्पन्न

,   लिम्बुवान न्युज
                       

दमक, २२ पाैष । दमक नमुना ब्याडमिन्टन एकेडेमिको पहिलो साधारण सभा सम्पन्न भएकाे छ । शुक्रबार इलामको चुलाचुली ५ स्थित चपेटिमा पुरस्कार वितरण तथा वनभोज कार्यक्रम सहित सम्पन्न भएको हाे ।

दमक नगरका प्रमुख राम कुमार थापाकाे प्रमुख अातिथ्यतामा भएकाे कार्यक्रममा बाेल्दै उनले आफू निर्वाचित भएसँगै एकेडेमिको भवन निर्माणसँग जोडिएको हुनाले यसको सर्वाङ्गीण विकासको निम्ति लागि पर्ने बताए ।

एकेडेमिका अध्यक्ष प्रकाश राईको अध्यक्षता भएको औपचारिक कार्यक्रममा माङसेबुङ गाउँपालिका प्रवक्ता सुसन राई, राष्ट्रिय अम्पायर भवानी आङ्देम्बे, नेपाल कराँते महासंघ झापाका रुद्र कार्की, समाजसेवीहरु धनजीत राई, श्री प्रसाद वनेम लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रम संयोजक टिका प्रसाद राईका अनुसार खेलकुद राष्ट्र र स्वास्थ्यको लागि मात्र नभएर भाइचारा बढाउने माध्यम भएको हुँदा आजको कार्यक्रमले खेलप्रेमिहरुको सम्बन्ध अझ प्रगाढ बनाएको बताए ।

उक्त कार्यक्रममा लगभग एक सय ५० जनाको उपस्थिति रहेको एकेडेमिका सचिव जसमाया राईले जानकारी दिइन । कार्यक्रमलाई एकेडेमिका उपाध्यक्ष श्याम कार्कीले सञ्चालन गरेका थिए ।

ब्याडमिन्टन खेलका विजेताहरुलाई पुरस्कार वितरण

कार्यक्रममा दोस्रो आन्तरिक दमक नमुना ब्याडमिन्टन प्रतियोगिताका पदक विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा पुष्प पाण्डे र नैनासिंह लिम्बूको जोडिले पहिलो  भएका थिए ।त्यसैगरी दोस्रो स्थानमा रविन्द्र राई र राज कुमार शेर्मा रहेका थिए भने तेस्रो स्थानमा सुवास राई र टिकाराज रिजाल सँगै धन बहादुर राई र सजन राईको जोडि रहेका थिए । उनिहरुले कार्यक्रमका प्रमुख अतिथिको हातबाट ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे उपाध्यक्ष कार्कीले बताए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

;