अनिश्चितकालीन यातायात बन्द स्थगन मुक्कुमलु संरक्षणको आन्दोलन भने यथावत

,   लिम्बुवान न्युज
                       

दमक, २२ पौष । मुक्कुमलुङ संरक्षण तथा केवलकार निर्माण खारेजी आन्दोलनको क्रममा पक्राउ परेकाहरुको रिहाई गर्न आन्दोलन गरिएको अनिश्चितकालीन यातायात बन्द स्थगन गरेको छ । पौष १७ गते ताप्लेजुङमा पक्राउ गरिएका जनम इधिङगो, सन्जोग नुगो र सुशिल नुगोलाई आइतबार साँझ रिहाई गरेसँगै आन्दोलनरत संगठनहरुले यातायात बन्द स्थगन भएको विज्ञप्ति मार्फत जनाइएको छ ।
बन्दलाई सफल पार्न सहयोग पु¥याउनु हुने यातायात व्यवसायी, मजदुर तथा व्यापरव्यवसायी लगायत आम जनसमुदायलाई बन्द कर्ताहरुले धन्यवाद व्यक्त गरेका छन् ।
यातायात स्थगन भएतापनि मुक्कुम्लुङ संरक्षणको आन्दोलनभने यथावत रहेको आन्दोलनरत संघ संस्थाहरुले विज्ञप्ति मार्फत जनाएका छन् । पक्राउ गरिएकाहरुमालाई प्रहरी प्रशासन र भिजिलान्तेहरुले हदैसम्मको कुटपिट, हातपात र शारीरिक यातना दिएको प्रति निन्दा गर्दै शारीरिक यातना तथा कुटपिट गर्ने प्रहरी प्रशासन तथा भिजीलान्तेहरुलाई कानुनी कारवाही नगरेमा थप आन्दोलन शसक्त पार्ने बताइएको छ ।
मुक्कुमलुङ क्षेत्र नाम्जाङगे तल्लो फेदिमा मानिस काटी आतङक फैलाउने भिजिलान्तेहरुलाई कारवाही, मुक्कुमलुङमा सैनिकीकरण रोक्न, प्रहरी तथा शसस्त्र प्रहरी फिर्ता गर्न र केवलकार निर्माण खारेजी नगरेको अवस्थासम्म कडाभन्दा कडा आन्दोलन निरन्तर हुने मुक्कुमलुङ संरक्षणमा संलग्न संघ संगठनहरुले जनाएको छ ।
मुक्कुमलुङ संरक्षणको लागि प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समिति, यसमा आबद्ध ४२ घटकहरु, मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति, मुक्कुमलुङ ताःङसेपा फाःसिङ चुम्भो, प्रदेश नं. १ पुननामाङकन अभियान समिति, लिम्बु थरगत संस्था याक्थुङ सयङ सहजीकरण समुह र किरात धर्म तथा साहित्य उत्थान संघ लगायत संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै यो बताएका छन् ।
हेर्नुहोस् विज्ञप्ति

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;