दमक, २२ पौष । मुक्कुमलुङ संरक्षण तथा केवलकार निर्माण खारेजी आन्दोलनको क्रममा पक्राउ परेकाहरुको रिहाई गर्न आन्दोलन गरिएको अनिश्चितकालीन यातायात बन्द स्थगन गरेको छ । पौष १७ गते ताप्लेजुङमा पक्राउ गरिएका जनम इधिङगो, सन्जोग नुगो र सुशिल नुगोलाई आइतबार साँझ रिहाई गरेसँगै आन्दोलनरत संगठनहरुले यातायात बन्द स्थगन भएको विज्ञप्ति मार्फत जनाइएको छ ।
बन्दलाई सफल पार्न सहयोग पु¥याउनु हुने यातायात व्यवसायी, मजदुर तथा व्यापरव्यवसायी लगायत आम जनसमुदायलाई बन्द कर्ताहरुले धन्यवाद व्यक्त गरेका छन् ।
यातायात स्थगन भएतापनि मुक्कुम्लुङ संरक्षणको आन्दोलनभने यथावत रहेको आन्दोलनरत संघ संस्थाहरुले विज्ञप्ति मार्फत जनाएका छन् । पक्राउ गरिएकाहरुमालाई प्रहरी प्रशासन र भिजिलान्तेहरुले हदैसम्मको कुटपिट, हातपात र शारीरिक यातना दिएको प्रति निन्दा गर्दै शारीरिक यातना तथा कुटपिट गर्ने प्रहरी प्रशासन तथा भिजीलान्तेहरुलाई कानुनी कारवाही नगरेमा थप आन्दोलन शसक्त पार्ने बताइएको छ ।
मुक्कुमलुङ क्षेत्र नाम्जाङगे तल्लो फेदिमा मानिस काटी आतङक फैलाउने भिजिलान्तेहरुलाई कारवाही, मुक्कुमलुङमा सैनिकीकरण रोक्न, प्रहरी तथा शसस्त्र प्रहरी फिर्ता गर्न र केवलकार निर्माण खारेजी नगरेको अवस्थासम्म कडाभन्दा कडा आन्दोलन निरन्तर हुने मुक्कुमलुङ संरक्षणमा संलग्न संघ संगठनहरुले जनाएको छ ।
मुक्कुमलुङ संरक्षणको लागि प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समिति, यसमा आबद्ध ४२ घटकहरु, मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति, मुक्कुमलुङ ताःङसेपा फाःसिङ चुम्भो, प्रदेश नं. १ पुननामाङकन अभियान समिति, लिम्बु थरगत संस्था याक्थुङ सयङ सहजीकरण समुह र किरात धर्म तथा साहित्य उत्थान संघ लगायत संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै यो बताएका छन् ।
हेर्नुहोस् विज्ञप्ति
Related