नेपालमा भूकम्पको धक्का महसुस

,   लिम्बुवान न्युज
                       

ललितपुर, २३ पौष । मंगलबार बिहान ६ बजेर ५० मिनेटमा नेपालमा भूकम्पको धक्का महसुस भएको छ । यो भूकम्प तिब्बतको डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर गएको थियो भूकम्प मापन केन्द्रले जनाएको छ ।
चीनको तिबब्तमा गएको ७ म्याच्नेच्युटको भूकम्पले नेपालमा पनि धक्काको महसुस भएको छ । भूकम्प आउँदा काठमाडौं उपत्यकालगायत ठाउँका मानिसहरू घरबाहिर निस्किएका थिए । भूकम्पले प्रदेश नं. १, मधेश, बागमती लगायत प्रदेशहरुमा धक्का दिएको भूकम्प मापन केन्द्रले बताएको छ ।
काठमाडौंको स्युचाटारस्थित एक घरको छतबाट पुरूष हामफालेका थिए । भूकम्पको धक्का महसुस भएपछि ती पुरूष डेढ तले घरको छतबाट हामफालेका थिए । नेपाल प्रहरीका प्रवक्ता एसएसपी विश्व अधिकारीका अनुसार नागार्जुन नगरपालिका वडा नम्बर १० स्युचाटार बस्ने ती पुरूष घरको छतबाट हामफालेका हुन् । दुवै खुट्टामा चोट लागेका उनको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै सिन्धुपाल्चोक भोटेकोसे गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन चर्किएको छ। रामेछापमा एउटा गोठमा भूकम्पले क्षति पु¥याएको छ भने ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको प्रहरीले जनाएको छ।
भूकम्पको धक्का महसुस भएपछि बारामा विद्यार्थीहरू बेहोस भएका छन् । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको प्रहरीले जनाएको छ । उनीहरूलाई प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो। उनीहरू डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
भूकम्पले नेपालमा मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।
चीनमा भने भुकम्पबाट ५३ जनाको ज्यान गईसकेको चिनीयाँ समाचार संस्था सिन्हवाले जनाएको छ । क्षतिको विवरण भने थप आउँन बाँकीरहेको बताइएको छ । चीनका राष्ट्रपति सि चिन फिङले जनताहरुलाई सुरक्षित रहन सन्देश दिएका छन् ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते खुलामञ्चमा हुने

काठमाडौँ, १३ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १८ गते काठमाडौँको खुलामञ्चमा आयोजना हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै असोज १८ गते दिउँसो २:०० बजे महाधिवेशनको औपचारिक...

झापा बुद्धशान्ती-४ का २६ परिवारले पाए लालपुर्जा

झापा, १३ असोज / भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापाले बुद्धशान्ति गाउँपालिका वडा नं. ४ स्थित शान्तिनगरका २६ जना अव्यवस्थित बसोबासीलाई औपचारिक रूपमा लालपुर्जा वितरण गरेको छ। सोमबार आयोजित एक कार्यक्रमका बीच भूमि समस्या...

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

;