शिवाकोटी पूर्पक्षका लागि कारागार चलान

,   लिम्बुवान न्युज
                       

दमक, २३ पौष । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत झापाले उनलाई पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

जिल्ला अदालतमा थुनछेक बहसपछि न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । शिवाकोटीको स्वास्थ्य अबस्थालाई ख्याल गरी स्वास्थ्य उपचारको व्यवस्था गर्न न्यायाधीशको आदेशअनुसार झापा कारागार प्रशासनलाई पत्र पठाइएको छ ।

शिवाकोटीको स्वास्थ्य अवस्था जटिल भएको निवेदन परेपछि कारागार प्रशासनले अदालतको आदेश बमोजिम विर्तामाेडस्थित बि एण्ड सीमा उपचारको व्यवस्था मिलाएको छ ।  सुगरप्रेसर, ढाड र नसा सम्बन्धी समस्याले थलिएका शिवाकोटीको यसअघि पनि उपचाररत थिए ।

कारागार प्रशासक रेवन्त भट्टराईका अनुसार अदालतको आदेश र डाक्टरको रायसमेतका आधारमा उपचारको व्यवस्था मिलाइएको जनाइएको छ । आदेशमा उहाँको स्वास्थ्य अवस्था ख्याल गर्दै उपचारको व्यवस्था मिलाउन भनिएको प्रशासक भट्टराईले जनाएका छन् ।

शिवाकोटीसँग अदालतले सोमवार बयान लिएको थियो ।  पक्राउ परेका शिवाकोटीलाई प्रहरीले १२ देखि १४ बर्षसम्म कैद सजायको माग सहित अदालतमा पेश गरेको थियो ।

शिवाकोटीलाई प्रहरीले गत मंसिर २४ गते काकडभिट्टाबाट पक्राउ गरेको थियो । पूर्व मेयर शिवाकोटी विर्तामोडका व्यवसायी पनि हुन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;