फाेनिज प्रदेश नं. १ काे महाधिवेशन पान्थरकाे फेदेनमा हुने

,   लिम्बुवान न्युज
                       

फेदेन, २४ पाैष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को प्रदेश नं. १ को प्रादेशिक महाधिवेशन हुने भएकाे छ । महाधिवेशन आगामी माघ ५ देखि ७ गते तीनदिनसम्म पाँचथरको फेदेनमा हुने भएको हाे ।

मंगलबार फिदिममा प्रदेश अध्यक्ष सन्तबिर तामाङको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको प्रदेश १ का महासचिव विनोद कुमार सुब्बा (सन्देश) ले बताएका छन् ।

उक्त बैठकमा केन्द्रीय सदस्य सुजता लिम्बू, विजय बाेध लावती, राजेन्द्र दुष्ट, पाँचथर अध्यक्ष रामचन्द्र तामाङसहित प्रदेश र जिल्ला पदाधिकारीहरूको उपस्थिति रहेको सुब्बाले बताए ।

महाधिवेशनका अवसरमा विभिन्न जातजातिका सांस्कृतिक नृत्य प्रदर्शन र पर्यटकीय क्षेत्रहरूको भ्रमण आयोजना गरिने जिल्ला अध्यक्ष तामाङले जानकारी दिए । उद्घाटन समारोहका लागि प्रमुख अतिथि पूर्व संघीय मन्त्री सुदन किराँती उपस्थित हुने तयारी गरिएको छ भने फोनिजका केन्द्रीय अध्यक्ष गजुरधन राईको पनि उपस्थिति रहने बताइएकाे छ।

महाधिवेशनको बन्द सत्रमा निर्वाचन मण्डलसमेत गठन गरिएको छ । निर्वाचन मण्डलको संयोजकमा दिपिन राई तथा सदस्यहरूमा अधिवक्ता सन्त कुमार राई र निभिका सुब्बा रहने निर्णय गरिएको छ । महाधिवेशनले प्रदेश १ का लागि नयाँ नेतृत्व चयन बताइएकाे छ ।

त्यस्तै, फोनिजको पाँचथर जिल्ला अधिवेशन पुस २९ गते फिदिममा आयोजना गरिने जिल्ला अध्यक्ष तामाङले जानकारी दिएका छन् । इलाम जिल्ला अधिवेशन सम्पन्न भएकाे सकेकाे छ भने प्रदेश १ अन्तर्गतका अन्य जिल्लाहरूमा पनि पुष मसान्तसम्ममा अधिवेशन सम्पन्न गर्ने निर्देशन दिइएकाे प्रदेश अध्यक्ष लामाले लिम्बुवान खबरलाइ बताएका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;