फोनिज ताप्लेजुङ अध्यक्षमा दिलकुमार फेम्बु निर्वाचित

,   लिम्बुवान न्युज
                       


दमक, २५ पौष् । नेपाल आदिवासि जनजाती पत्रकार महासंघ (फोनिज) ताप्लेजुङको छैटौं अधिवेशनबाट दिलकुमार फेम्बु सर्वसम्बत रुपमा अध्यक्षमा चयन भएका छन् । बुधबार पत्रकार महासंघको सभाहलमा भएको अधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

यसैगरी अधिवेशनले उपाअध्यक्षमा उदय खुदाङ, सचिप मनुृ माबो, सहसचिवमा रन्जना गुरुङ र कोषाध्यक्षमा संकर शेर्पालाई निर्वाचित गरेको छ । साथै सदस्यहरुमा बसन्त लाबुङ लिम्बु, तुलसी राई, फुर्बा शेर्पा र दाखाण्डु शेर्पा(प्रियसा) भएको नवनिर्वाचित उपाध्यक्ष खुदाङले बताए ।
यसरी नै उक्त अधिवेशनले केन्द्रीय प्रतिनिधीमा माला पालुङवा, दिनेश लिङखिम र तेन्जीङ शेर्पा चयन हुनु भएको छ भने प्रदेश प्रतिनिधि तर्फ कृष्ण फुरुम्बु गंगा लिङखिम, साहारा लंवा, सुर्य गुरुङ र आलोक माबोहाङ चयन हुनु भएका छन् ।

आदिवासि जनजाती पत्रकार महासंघ (फोनिज)का केन्द्रीय लेखा आयोगका संयोजक चन्द्र पन्दाक (प्रयास) को प्रमुख आतिथ्यतामा उद्घाटन सत्र भएको कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य माला पालुङवा, पत्रकार महासंघ जिल्ला शाखा ताप्लेजुङका अध्यक्ष सुवास आचार्य, पुर्वअध्यक्ष खगेन्द्र अधिकारी, प्रेस युनियन ताप्लेजुङ अक्ष्यक्ष सन्तोष पुर्कुटी, प्रेस चौतारी ताप्लेजुङका उपाध्यक्ष मदन गौतम, पे्रस सेन्टर ताप्लेजुङका अध्यक्ष जीवन कालीकोटे लगायतका अतिथीहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको बन्द सत्रमा निर्वतमान अध्यक्ष दिनेश लिङखिमले ३ बर्षे कार्यकालको प्रगति तथा कार्य प्रतिवेदन र निर्वतमान कोषअध्यक्ष दिलकुमार फेम्बूले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;