दमक, २५ पौष् । नेपाल आदिवासि जनजाती पत्रकार महासंघ (फोनिज) ताप्लेजुङको छैटौं अधिवेशनबाट दिलकुमार फेम्बु सर्वसम्बत रुपमा अध्यक्षमा चयन भएका छन् । बुधबार पत्रकार महासंघको सभाहलमा भएको अधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
यसैगरी अधिवेशनले उपाअध्यक्षमा उदय खुदाङ, सचिप मनुृ माबो, सहसचिवमा रन्जना गुरुङ र कोषाध्यक्षमा संकर शेर्पालाई निर्वाचित गरेको छ । साथै सदस्यहरुमा बसन्त लाबुङ लिम्बु, तुलसी राई, फुर्बा शेर्पा र दाखाण्डु शेर्पा(प्रियसा) भएको नवनिर्वाचित उपाध्यक्ष खुदाङले बताए ।
यसरी नै उक्त अधिवेशनले केन्द्रीय प्रतिनिधीमा माला पालुङवा, दिनेश लिङखिम र तेन्जीङ शेर्पा चयन हुनु भएको छ भने प्रदेश प्रतिनिधि तर्फ कृष्ण फुरुम्बु गंगा लिङखिम, साहारा लंवा, सुर्य गुरुङ र आलोक माबोहाङ चयन हुनु भएका छन् ।
आदिवासि जनजाती पत्रकार महासंघ (फोनिज)का केन्द्रीय लेखा आयोगका संयोजक चन्द्र पन्दाक (प्रयास) को प्रमुख आतिथ्यतामा उद्घाटन सत्र भएको कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य माला पालुङवा, पत्रकार महासंघ जिल्ला शाखा ताप्लेजुङका अध्यक्ष सुवास आचार्य, पुर्वअध्यक्ष खगेन्द्र अधिकारी, प्रेस युनियन ताप्लेजुङ अक्ष्यक्ष सन्तोष पुर्कुटी, प्रेस चौतारी ताप्लेजुङका उपाध्यक्ष मदन गौतम, पे्रस सेन्टर ताप्लेजुङका अध्यक्ष जीवन कालीकोटे लगायतका अतिथीहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको बन्द सत्रमा निर्वतमान अध्यक्ष दिनेश लिङखिमले ३ बर्षे कार्यकालको प्रगति तथा कार्य प्रतिवेदन र निर्वतमान कोषअध्यक्ष दिलकुमार फेम्बूले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
Related