दमक, २५ पाैष । धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित चाँदी बजारबाट प्रहरीले एकसय २० किलो गाँजासहित ६ जनालाई पक्राउ गरेको छ ।
धरानतर्फ गाँजा ल्याउँदै गरेका व्यक्तिहरूले बिहान सवा ४ बजे चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएका टोलीमाथि आक्रमणको प्रयास गरेपछि हवाई फायर गरी नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।
पाँचवटा मोटरसाइकलमा राखेर लैजाँदै गरेको अवस्थामा संलग्न ६ जना व्यक्तिलाई गाँजासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएकाे छ ।
विहान प्रहरीसँग जम्काभेट भएपछि प्रहरीमाथि आक्रमण प्रयास भएकाे हुँदा हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएकाे छ । प्रहरीले त्यसक्रममा एक राउण्ड हवाइ फायर गरेकाे थियाे ।
प्रहरीका अनुसार को ३८ प ३५२२ नम्बरको मोटरसाइकल गाँजासहित सहिदभूमि गाउँपालिका–१ गर्दुमका ३४ वर्षीय नकुल राई, प्र.१ ०२ ०५३ प ९९६३ नम्बरको मोटरसाइकलमा सवार २१ वर्षीय ओमप्रकाश राई, प्र. १ ०२ ०५३ प ८६१७ नम्बरको मोटरसाइकलका चालक साँगुरीगढी–८ तातोपानीका ८ वर्षीय मंगलकुमार राई र मोटरसाइकल पछाडि बस्ने २९ वर्षीय बिसन राई पक्राउ परेका छन् ।
त्यस्तै, प्र. १ ०२ प्र. १ ०२ ०४३ प. ९५९६ नम्बरको मोटरसाइकलमा सवार साँगुरीगढी–८ तातोपानीका ३६ वर्षीय थामबहादुर राई तथा सोही मोटरसाइकलको पछाडि बस्ने सुमन राईलाई समेत पक्राउ गरिएको बताइएकाे छ ।
साेही संलग्नमा रहेका दुई जना व्यक्ति भने फरार रहेको इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज रमेश प्रधानले जानकारी दिएका छन् । उनीहरूले प्रयोग गरेको को १४ प ७७५० नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
फरार व्यक्तिहरूको खोजी भइरहेको उनले बताए । गाँजा , ५ वटा मोटरसाइकलसहित पक्राउ परेका ६ जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय भेडेटारमा राखिएको छ ।
Related