धनकुटामा एकसय २० केजी गाँजासहित छ जना पक्राउ

,   लिम्बुवान न्युज
                       

दमक, २५ पाैष । धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित चाँदी बजारबाट प्रहरीले एकसय २० किलो गाँजासहित ६ जनालाई पक्राउ गरेको छ ।

धरानतर्फ गाँजा ल्याउँदै गरेका व्यक्तिहरूले बिहान सवा ४ बजे चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएका टोलीमाथि आक्रमणको प्रयास गरेपछि हवाई फायर गरी नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।

पाँचवटा मोटरसाइकलमा राखेर लैजाँदै गरेको अवस्थामा संलग्न ६ जना व्यक्तिलाई गाँजासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएकाे छ ।

विहान प्रहरीसँग जम्काभेट भएपछि प्रहरीमाथि आक्रमण प्रयास भएकाे हुँदा हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएकाे छ । प्रहरीले त्यसक्रममा एक राउण्ड हवाइ फायर गरेकाे थियाे ।

प्रहरीका अनुसार को ३८ प ३५२२ नम्बरको मोटरसाइकल गाँजासहित सहिदभूमि गाउँपालिका–१ गर्दुमका ३४ वर्षीय नकुल राई, प्र.१ ०२ ०५३ प ९९६३ नम्बरको मोटरसाइकलमा सवार २१ वर्षीय ओमप्रकाश राई, प्र. १ ०२ ०५३ प ८६१७ नम्बरको मोटरसाइकलका चालक साँगुरीगढी–८ तातोपानीका ८ वर्षीय मंगलकुमार राई र मोटरसाइकल पछाडि बस्ने २९ वर्षीय बिसन राई पक्राउ परेका छन् ।

त्यस्तै, प्र. १ ०२ प्र. १ ०२ ०४३ प. ९५९६ नम्बरको मोटरसाइकलमा सवार साँगुरीगढी–८ तातोपानीका ३६ वर्षीय थामबहादुर राई तथा सोही मोटरसाइकलको पछाडि बस्ने सुमन राईलाई समेत पक्राउ गरिएको बताइएकाे छ ।

साेही संलग्नमा रहेका दुई जना व्यक्ति भने फरार रहेको इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज रमेश प्रधानले जानकारी दिएका छन् । उनीहरूले प्रयोग गरेको को १४ प ७७५० नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

फरार व्यक्तिहरूको खोजी भइरहेको उनले बताए । गाँजा , ५ वटा मोटरसाइकलसहित पक्राउ परेका ६ जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय भेडेटारमा राखिएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;