धाननाँच प्रतिमा (ताक्वाजङ या:राक्मादेन)को उद्धाटन

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ, २६ पौष । किरात याक्थुङ चम्लुङ इजरायलको आर्थिक सहयोगमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङ स्थित तोक्मे डाँडामा निर्मित धान नाच प्रतिमा (ताक्वाजङ या: सक्मादेन)को उद्धाटन गरिएको छ । बिहीबार करिब ८० लाखको लागतमा निर्मित उक्त प्रतिमाकाे कियाचु संघीय अध्यक्ष प्रेम यक्तेनको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।

लिम्बु याक्थुङ् जातिको ऐतिहासिक, सांस्कृतिक परम्परालाई जीवन्त राख्न र त्यस ठाउँको इतिहासलाई लोप हुन नदिन कियाचु इजरायलको आर्थिक व्यवस्थापन तथा संयोजकत्वमा दुई महिला र दुई पुरुष धान नाचिरहेको प्रतिमा निर्माण गरिएको छ ।

पाँच फिट उचाईको पिलरमा रहेको प्रतिमाको पृष्ठभूमिमा कुम्भकर्ण हिमाल (फक्ताङलुङ), मुक्कुम्लुङको तस्वीर कोरिएको छ । निर्माणका लागि स्थानीय कृतिमान मादेनको संयोजकत्वमा किरात याक्थुङ चुम्लुङ जिल्ला ताप्लेजुङका पदाधिकारी सहितका ९ सदस्य निर्माण समिति गठन गरिएको थियो ।

उक्त समितिले भाद्र अन्तिमसम्म निर्माण सक्नेगरी काम सुरु गरेको भएतापनि केही ढिला गरी कार्य सम्पन्न गरेको हो । कांशको चार या ःलाङ (धान नाच) प्रतिमा बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव भएका मूर्तिकार पूर्ण वनेमसहित चार कालीगढ खटिएका थिए ।
धान नाँच याःलाङ प्रतिमा पुरुषको ६.५ र महिला ६ फिट उचाईमा निर्माण भएको संयोजक मादेनले बताए ।

स्तम्भको उद्धघाटन कार्यक्रममा धान नाच, च्याबुङ नाच (केःलाङ) समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा कियाचु इजराइलकी अध्यक्ष नुमा काङभाकाे समेत उपस्थिति रहेकाे थियाे । कार्यक्रम जिल्ला अध्यक्ष इन्दीरा मेन्याङबाेकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।

प्रतिमा उद्घाटनको अवसरमा साँझ राष्ट्रिय कलाकारहरूको साथमा भव्य संस्कृतिक कार्यक्रम समेत भएको थियो । उक्त सांस्कृतिक कार्यक्रमको आकर्षणका रूपमा गायिका रुक्साना लिम्बु, दिपा सुहाङ, नोगेन लिम्बु ,पुष्पाञ्जली तिलिङ (चपेतीको आमा), सुनिता केदेम र सेमिहाङ सिङ्गकले आ–आफ्ना प्रस्तुति दिएका थिए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;