कमल मुन्धुमयकमा तिनदिने कक्फेवा तङनाम मनाईदै

 लिम्बुवान न्युज
                       

दमक, २७ पौष । झापाको दमक पूर्व कमल गाउँपालिका–५स्थित सिम्लेमा अवस्थित मुन्धुमयकमा तिनदिने कम्फेवा तङनाम मनाइने भएको छ ।
किरात याक्थुङ चुम्लुङ कमल गाउँपालिकाको आयोजनामा किरातीहरुको नयाँ बर्ष येले तङबे ५०८५ को अवसरमा तङनाम मनाउन लागिएको पत्रकारसम्मेलन मार्फत जानकारी दिइएको हो ।

कियाचू राष्ट्रिय चुम्लुङ सदस्य नरेनहाङ लिम्बु, लिम्बुवान प्रदेश सदस्य दिलकुमार लावती, जिल्ला अध्यक्ष सेसेहाङ फियाक, याक्थुङ युवा मञ्चका केन्द्रीय सदस्य बसन्तराज योङहाङ लगायतको उपस्थितिमा कार्यक्रमस्थल मुन्धुमयकमा पत्रकार सम्मेलनको आयोजना गरि माघ १ देखि ३ गतेसम्म पर्वको रुपमा मनाइने भएको जनाइएको छ ।

याक्थुङ् जातीहरुले कक्फेवा तङनाममा तरुण, गिठ्ठा, भ्याकूर लगायत कन्दमुल पकाएर खाने आफ्नो पितृपुर्खाहरुको सम्झना विभिन्न धार्मिक अनुष्ठान लगायतका कार्यहरु समेत सामुहिक रुपमा भेला भई कार्यक्रम गर्ने परम्पराको थालनी कक्फेवा तङनामको अवसर पारेर गर्ने परम्परा शुरुवात कियाचुले गर्दै आइरहेको जिल्ला अध्यक्ष फियाकले बताएका छन् । माघ १ गते देखि किरातीहरुको नयाँ बर्ष प्रारम्भ भएको हुँदा यसलाई बृहत बनाउँदै किरातीहरु माझ लानको लागि पनि यो पर्वलाई खास महत्व याक्थुङ जातीहरुले दिनुपर्नेमा अध्यक्ष फियाकले जोड दिएका छन् ।

तिनदिनसम्म हुने कार्यक्रममा विविध जातीय झाँकी, सांगीतिक तथा सांस्कृतिक कार्यक्रम, याक्थुङ पालाम, हाक्पारे, ख्याली लगायत खेल तमासा सहित किराती खाना परिकारहरुको पनि प्रदर्शन गरिने कियाचू कमलका सचिव सुक्र लावतीले बताए । कार्यक्रममा झापा, इलाम र मोरङबाट करिब १० हजार भन्दा धेरै सहभागि गराउने लावतीले बताए ।

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...