किरात याक्थुङ चुम्लुङको तेस्रो लिम्बुवान प्रदेश अधिवेशन माघ २९ र ३० मा हुने

,   लिम्बुवान न्युज
                       

पथरीशनिश्चरे, २७ पौष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेशको तेस्रो अधिवेशन हुनेभएको छ । शनिबार मोरङको पथरीशनिश्चरेस्थित कियाचु मोरङ जिल्ला कार्यालयमा बसेको पूर्ण बैठकले अधिवेशनको मिति तय गरेको हो ।

प्रदेश अध्यक्ष मधुराज केरुङको अध्यक्षतामा बसको बैठकले माघ २९ र ३० गते दुईदिने अधिवेशन गर्ने निर्णय गरेको हो ।

प्रदेश अधिवेशन अघि प्रदेशस्थित सबै जिल्ला अधिवेशनहरु सम्पन्न गरिसक्ने मुख्यसचिव नरेन्द्रराज केरुङ्ले बताए । उनले हालसम्म पाँचथर, झापा र संखुवासभाको जिल्ला अधिवेशन भईसकेको र अन्य जिल्लाहरुमा पनि माघको २७ गतेभित्र सम्पन्न गरिसक्ने बताए ।

शनिबार बसेको बैठकले आर्थिक समिति, प्रचारप्रसार समिति, खाना तथा आवास उपसमिति, मञ्च व्यवस्थापन समिति, प्रतिनिधि तथा पर्यवेक्षक समिति, सांस्कृतिक तथा सांगीतिक उपसमिति लगायत उपसमितिहरु गठन गरेको मुख्यसचिवले बताए ।

विन्द्र नाल्बोको संयोजकत्वमा बनेको आर्थिक समितिमा सदस्यहरु दिलु लिङदेन लावती, कविन्द्र सेर्मा, दिलु सुब्बा र गीता खजुम रहेका छन् । यसरी नै प्रतिनिधि तथा पर्यवेक्षक व्यवस्थापन समितिमा संयोजक नरेन्द्रराज केरुङ त्यसैगरी सदस्यहरुमा मौसम माखिम र प्रेम तुम्बाहाङ रहेका छन् ।

त्यस्तैगरी प्रचारप्रसार समितिको संयोजकमा दिल कुमार लावती, सदस्यहरुमा सन्देश सुब्बा सेन्लप र अर्जुन लिम्बु रहेका छन् भने खाना तथा आवास व्यवस्थापनमा कियाचू मोरङ जिल्ला अध्यक्ष डिबी कुरुम्बाङ, उपाध्यक्ष कुलबहादुर हाङस्रोङ र पथरीशनिश्चरे अध्यक्ष विक्रम पङयाङगो रहेका छन् । यसरी नै केलाङ नृत्य तथा विभिन्न जातीय झाँकी व्यवस्थापनका लागि अर्जुन लिम्बुको संयोजकत्वमा डम्बर कुरुम्बाङ र विक्रम पङयाङगु सदस्य त्यसैगरी कलाकार गायक तथा गायिका व्यवस्थानमा जितेन पन्धाक, मनकुमारी पन्धाक र सन्देश निङलेकुलाई जिम्मेवारी दिइएको छ ।

करिब चार लाख खर्च हुने अनुमानित प्रदेश अधिवेशनलाई सभ्य र भव्य बनाउन झापा, मोरङ र सुनसरीबाट बृहत रुपमा सहभागी गराउने मुख्य सचिव केरुङले बताए । साथै कार्यक्रममा चुम्लुङलाई योगदान पुराउने समितिलाई धन्यवादपत्रले पनि सम्मान गर्ने बैठकले निर्णय गरेको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;