जसपा, नेपाल दमक नगर अध्यक्षमा टिका राई

,   लिम्बुवान न्युज
                       

दमक, २८ पाैष । जनता समाजवादी पार्टी नेपालको दमक नगर समिति पुनर्गठन भएको छ । शुक्रबार दमकमा आयोजित पार्टीको नगर समिति पुनर्गठन कार्यक्रमबाट टिकाप्रसाद राईको अध्यक्षतामा जसपा नेपालको दमक नगर समिति पुनर्गठन भएको हो ।

समितिका उपाध्यक्षमा लिला आङ्देम्बे, सचिवमा सन्तोष लावती, कोषाध्यक्षमा रीता तुम्रोक, सदस्यहरुमा क्रमशः सुशिला लिम्बू, दिलिप धिमाल, रूपा सदा, भूपेन्द्र शेर्मा छन् । कुमारी कट्वाल, टिकादेवी गौतम, प्रभा लिम्बू, सुनिता राई, पवित्रा थेगिम छन् ।

धिरेन लावतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रंगलाल राजवंशी, कमन देवान, केन्द्रीय लेखा समिति सदस्य भवनाी आङ्देम्बे, प्रदेश १ सदस्य पदमकुमारी लिम्बू, मधेश राष्ट्रिय समिति अध्यक्ष तुलसी राजवंशी र झापा जिल्ला अध्यक्ष शत्रुधन चौधरीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका वक्ताहरुले स्वार्थका लागि पार्टी विभाजन गर्ने समूह (अशोक राई पक्ष) राजनीतिक रूपमा समाप्त भएको टिप्पणी गर्दै पहिचान, सुशासन, न्याय, अधिकार र समानताका लागि जसपा नेपालको विकल्प नरहेकोमा जोड दिएका थिए । वक्ताहरुले दुईतिहाईको काँग्रेस–एमाले सत्ता गठबन्धन उत्पीडित र शोषित जाति, वर्ग र लिङ्गका मानिसहरुबाट अुसरक्षित भएर संविधानमा उल्लेख भएका समावेशीकरण, समानुपातिक प्रतिनिधित्व कटौती गर्ने र निर्वाचनमा थ्रेस होल्ड बढाउने दिशामा अघि बढेको अरोप लगाएका थिए ।

समाजवादी महिला संघ प्रदेश १ की अध्यक्ष समेत रहेकी नेतृ ओममाया आङ्देम्बेले स्वागत गरेको कार्यक्रममा जिल्ला उपसचिव आकाश लावतीको सञ्चालन रहेको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;