जसपा, नेपाल दमक नगर अध्यक्षमा टिका राई

 लिम्बुवान न्युज
                       

दमक, २८ पाैष । जनता समाजवादी पार्टी नेपालको दमक नगर समिति पुनर्गठन भएको छ । शुक्रबार दमकमा आयोजित पार्टीको नगर समिति पुनर्गठन कार्यक्रमबाट टिकाप्रसाद राईको अध्यक्षतामा जसपा नेपालको दमक नगर समिति पुनर्गठन भएको हो ।

समितिका उपाध्यक्षमा लिला आङ्देम्बे, सचिवमा सन्तोष लावती, कोषाध्यक्षमा रीता तुम्रोक, सदस्यहरुमा क्रमशः सुशिला लिम्बू, दिलिप धिमाल, रूपा सदा, भूपेन्द्र शेर्मा छन् । कुमारी कट्वाल, टिकादेवी गौतम, प्रभा लिम्बू, सुनिता राई, पवित्रा थेगिम छन् ।

धिरेन लावतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रंगलाल राजवंशी, कमन देवान, केन्द्रीय लेखा समिति सदस्य भवनाी आङ्देम्बे, प्रदेश १ सदस्य पदमकुमारी लिम्बू, मधेश राष्ट्रिय समिति अध्यक्ष तुलसी राजवंशी र झापा जिल्ला अध्यक्ष शत्रुधन चौधरीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका वक्ताहरुले स्वार्थका लागि पार्टी विभाजन गर्ने समूह (अशोक राई पक्ष) राजनीतिक रूपमा समाप्त भएको टिप्पणी गर्दै पहिचान, सुशासन, न्याय, अधिकार र समानताका लागि जसपा नेपालको विकल्प नरहेकोमा जोड दिएका थिए । वक्ताहरुले दुईतिहाईको काँग्रेस–एमाले सत्ता गठबन्धन उत्पीडित र शोषित जाति, वर्ग र लिङ्गका मानिसहरुबाट अुसरक्षित भएर संविधानमा उल्लेख भएका समावेशीकरण, समानुपातिक प्रतिनिधित्व कटौती गर्ने र निर्वाचनमा थ्रेस होल्ड बढाउने दिशामा अघि बढेको अरोप लगाएका थिए ।

समाजवादी महिला संघ प्रदेश १ की अध्यक्ष समेत रहेकी नेतृ ओममाया आङ्देम्बेले स्वागत गरेको कार्यक्रममा जिल्ला उपसचिव आकाश लावतीको सञ्चालन रहेको थियो ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...