फाेनिज माेरङ अध्यक्षमा अनिल श्रेष्ठ सर्वसम्मत निर्वाचितः धनकुटामा मानवी माेक्तान

,   लिम्बुवान न्युज
                       

पथरी, २७ पाैष । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको शनिबार पथरीशनिश्चरे नगरमा भएको छैटौं जिल्ला अधिवेशनबाट अनिल श्रेष्ठ अध्यक्षमा सर्वसहमत निर्वाचित भएका छन् ।

समितिको उपाध्यक्ष बिजय खम्बू राई, सचिवमा विद्यानन्द चौधरी, सहसचिवमा संगीता राई, राजेश राजवंशी, कोषाध्यक्षमा सुरन्जन लिम्बू सर्वसहमत चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा उषा सरदार, देवराज तामाङ, तृष्णा कुलुङ राई, सञ्जय राजवंशी रहेका छन् । त्यसैगरी लेखा समितिको संयोजकमा रामकुमारी राई, सदस्यमा राजकुमारी तामाङ र युवराज लिम्बू सर्बसहमत चयन भएका छन् ।

आयोजक समितिको संयोजक दिनेश सुब्बाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यतामा समापन भएको थियो ।

उद्घाटन कार्यक्रममा फोनिज संघीय अनुशान आयोगको प्रमुख अर्जुन जम्नेली राई, संघीय सदस्य सुजता लिम्बू, मोरङ जिल्ला इन्चार्ज भक्तशेर लिम्बू, प्रदेश सदस्य खनेन्द्र राई (अर्जुन), नेपाल पत्रकार महासंघ पूर्व जिल्ला कार्यबाहक अध्यक्ष मोहन भट्टराई, नेपाल पत्रकार महासंघ प्रदेश कोषाध्यक्ष समेत रहेका प्रेस चौतारी मोरङ जिल्ला अध्यक्ष सुदिप कोइराला, प्रेस युनियन जिल्ला अध्यक्ष बेदराज पौडेल, नेपाल पत्रकार महासंघका प्रदेश सचिवसमेत रहेका समाजवादी प्रेस संगठनका नेता धुर्ब भट्टराई, प्रेस मञ्च जिल्ला अध्यक्ष मुकेश यादव लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

फोनिज जिल्ला समितिले संघका संघीय सदस्यसमेत रहेका पहिचानको पक्षमा निरन्तर कलम चलाउदै आएका सुजता लिम्बूलाई सम्मान गरेका छन् ।

कार्यक्रममा पथरी शनिश्चरे नगरका पर्यटन विकासमा सञ्चारकर्मीको भूमिका बिषयमा फोनिज प्रदेश समितिका पूर्ब उपाध्यक्ष फिपराज बेघाद्वारा कार्यपत्र प्रस्तुत भएको थियो । कार्यपत्रमा नगरमा रहेका पर्यटकीय क्षेत्रहरु, संभावना र चुनौतीहरु बारे उल्लेख छ । पर्यटकीय क्षेत्र विकासको लागि नगरपालिका र पर्यटनसम्बन्धी काम गर्दै आएका संस्थाहरुले बर्षमा कम्तिमा दुई वटा प्रचार प्रशारको कार्यक्रम राखिए अझ व्यापकहुने बताए ।

कोशी नाम खारेजी नभएसम्म आन्दोलन जारी रहने

 

फोनिज मोरङको जिल्ला अधिवेशनमा कोशी नाम खारेजी र मुकुमलुङमा केवलकार खारेजीबारे चर्चा चलेको छ । कार्यक्रमका बिषेश अतिथि अर्जुन जम्नेली राईले कोशी नामले प्रदेशबासीको साझा मनोविज्ञानको प्रतिनिधित्व गर्न नसक्ने भएकोले कुनैपनि हालतमा खारेजी हुनुपर्ने बताए ।
त्यसैगरी मुकुमलुङमा जबरजस्ति केवलकार निर्माण गरे विद्रोहहुने चेतावनी समेत दिइएको छ । मुकुमलुङ प्रदेशको साझा सम्पदा भएपनि एउटा व्यपारीलाई बिक्री गर्ने कार्य कदापी स्वीकार्य नुहने बक्ता अर्जुन जम्नेली राईको भनाइ थियो ।

धनकुटा जिल्ला अध्यक्षमा मानवी माेक्तान चयन

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फाेनिज)धनकुटाको पाँचौं जिल्ला अधिवेशनबाट मानवी माेक्तानका अध्यक्षतामा नयाँ समिति गठन भएकाे छ ।

शनिबार धनकुटास्थित नेपाल पत्रकार महासंघकाे हलमा प्रदेश अध्यक्ष सन्तवीर लामा, महासचिव सन्देश सुब्बा लगायतकाे उपस्थितिमा भएकाे अधिवेशनले समितिकाे उपाध्यषामा विश्वराज श्रेष्ठ, सचिवमा डेविट ठाडा मगर, काेषाध्यक्षमा सृष्टिका राइ लगायत समित चयन भएका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;