फक्ताङलुङ आइडल सेक्फूङ–३ काे ग्राण्ड फिनाले माघ २५ र २६ मा हुने

,   लिम्बुवान न्युज
                       

दमक, १ माघ । याक्थुङ साम्लो प्रतिभाहरुको खोजी गर्ने उदेश्यका साथ आयोजना गरिएको याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ को ग्राण्ड फिनाले आगमी माघ २५ र २६ मा हुने भएको छ ।

याक्थुङ लिम्बू कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ साँस्किृतिक मञ्च केन्द्रीय कार्य समितिको आयोजनामा सञ्चालन भईरहेको याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ को ग्राण्ड फिनाले झापाको कमल गाउँपालिका ५, स्थित आदिबासी रंगशालामा आगामी माघ २५ र २६ गते हुने भएको हो ।

यसैगरी फक्ताङलुङ साँस्किृतिक मञ्च जिल्ला कार्य समिति झापा र सुनसरी साे कार्यक्रमकाे सहआयोजक रहेको छ ।

हाल अनलाइन प्रशिक्षणमा रहेका उत्कृष्ट १० प्रतियोगी प्रतिभाहरु ग्राण्ड फिनालेको प्रस्तुतिको लागि तयारी गरिरहेको आयोजक फक्ताङलुङ साँस्कृतिक मञ्चका केन्द्रीय अध्यक्ष पुर्णकुमार सेर्मा(यादन) बताए ।

यसअघि याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ का उत्कृष्ट १० प्रतियोगी प्रतिभाहरुको एक महिने मुन्धुमी प्रशिक्षण गत मंसिर ७ देखि पुस ७ गते सम्म सम्पन्न भएको थियो ।

उत्कृष्ट १० प्रतियोगी प्रतिभाहरुलाई एक महिने मुन्धुमी प्रशिक्षण अन्तरगत पहिलो चरणको एकहप्ते मुन्धुमी प्रशिक्षण काठमाडौंमा सम्पन्न भएको थियो । त्यसपछि दोस्रो चरणको मुन्धुमी प्रशिक्षण इलामको धार्मिक पर्यटकिय स्थल माङसेबुङमा सम्पन्न भएको थियो ।

यसैगरी तेस्रो चरणको मुन्धुमी प्रशिक्षण लिम्बूवानको दमकमा सम्पन्न भएको थियो । यसरी तीन चरणमा एक महिने प्रशिक्षण सम्पन्न भए पश्चात प्रतियोगी प्रतिभाहरुलाई बिदाई गरेको थियो ।

याक्थुङ फक्ताङलुङ आइडल सेक्फुङ ३ को उत्कृष्ट १० प्रतियोगी प्रतिभाहरुमा बिजय फागो वनेम, गगन प्रकाश लावती, मनु योङ्हाङ, अशल तुम्रोक, दर्पण शेर्मा(याम्धान), सुनिता योङ्हाङ, अर्जुन नाल्बो, दिलिप माखिम, सन्जित्रा लिम्बु लाफुन र राजेन्द्र सेर्मा रहेका छन ।

रैथाने किरात याक्थुङ गित संगीतको सरक्षण सम्बद्र्धन र बिकास गरि मुन्धुमी संगीतको दुनियाँमा नयाँ आयाम थप्ने, नयाँ पुस्तालाई आकर्षण गरी जिम्मेवारी सुम्पने उदेश्यका साथ ‘याक्थुङ साम्लो साम्लोरिरो, साम्लोइ लोइ लाम्लोरिरो’ भन्ने मुल नाराका साथ प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष सेर्माले बताए ।

यसैगरी आयोजकले संसारका तुत्तु तुम्याङ, याक्लागेन सुहाङमा, बुद्धिजीवी, मुन्धुम साम्लो अनुरागी शुभेच्छुक सबैलाई सहभागीताको लागि निम्तो समेत गरेको छ ।

पुरस्कारहरु

प्रथमपुरस्कार : नगद रु ५ लाख अडियो र भिडियो एल्बम, बिदेश साँगितिक भ्रमण बिजेताको ट्रफी र प्रमाणपत्र ।

दोस्रो पुरस्कार : नगद रु २ लाख पचास हजार, ४ वटा गित अडियो स्टुडियो ल लिप्सिङ भिडियो र एउटा भिडियो, प्रमाणपत्र र रनरअपको ट्रफी । साँगितिक बिदेश यात्रा दुई देशमा ।

तेस्रो पुरस्कार : नगद १ लाख २५ हजार, ३ वटा साम्लो स्टुडियो भिडियो रेकर्डिङ, एक देशमा बिदेश साँगितिक यात्रा साथै सेकेण्ड रनरअपको ट्रफी र प्रमाणपत्र ।

सान्त्वना पुरस्कार : नगद ६० हजार, २ वटा साम्लो रेकर्डिङ साथै स्टुडियो भिडियो, ट्रफी र प्रमाणपत्र ।

उत्कृष्ट १० लाई : एउटा एउटा साम्लो रेकर्डिङ साथै स्टुडियो भिडियो, सब टाइटल साथै आकर्षक गिफ्ट ह्याम्पर र प्रमाणपत्र ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;