मुन्धुमयकमा तिनदिने कक्फेवा तङनाम महोत्सव शुरु

,   लिम्बुवान न्युज
                       

दमक, २ माघ । झापाको कमल गाउँपालिका सिम्लेस्थित मुन्धुमयकमा मंगलवारदेखि तिनदिने कक्फेक्वा तङनाम महोत्सव शुरु भएको छ ।
किरात याक्थुङ जातीहरुको कुसङ येले तङबे ५०८५ तथा कक्फेक्वा तङनाम–२०८१ माघे संक्रान्तिको अवसरमा किरात याक्थुङ चुम्लुङ कमल गाँउपालिका शाखाले आयोजना गरेको हो ।
महोत्सव विगत तीनवर्षदेखि बार्षिक रुपमा निरन्तर सञ्चालन हुदैआएको छ । कार्यक्रमको उद्घाटन याक्थुङ भाषा साहित्यमा विगत ३० बर्ष देखि निरन्तर लागिपरेका लिम्बू भाषा साहित्य प्रतिष्ठानका अध्यक्ष सेसेमी सेनाल्वोले उद्घाटन गरेका छन् ।
चुम्लुङ गाँउ शाखाका अध्यक्ष दिवस लिम्बूको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि नाल्वो, किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिका कविन्द्र सेर्मा, दिलकुमार लावती, सन्देश निङलेखु, झापाका जिल्ला अध्यक्ष सेसेहाङ फियाक, पहिचानवादी नेतृ गंगामाया शेर्मा, याक्थुङ युवा मञ्चका केन्द्रीय सदस्य बसन्तराज योङहाङ लगायतले यस किसिमका कार्यक्रमले याक्थुङ लिम्बू जातिको भाषा, संस्कृति लगायतका अधिकार स्थापित गर्न सहयोग पुग्ने जोड दिएका थिए ।

त्यस्तै महोत्सव सम्पन्न गर्न सहयोग गर्नुहुने दाताहरुलाई आयोजक संस्थाले सम्मानपत्रले सम्मान समेत गरेको थियो ।
महोत्सवमा लिम्बू जातिका खानपिन, अन्य जातजातिका मौलिक खानाका परिकारहरु साथै विभिन्न खेलतमासाहरुको स्टलहरु राखिएका छन् । सो कार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागि भएका लिम्बूका सांस्कृतिक टोलीले कलात्मक नृत्य पालाम, धाननाच, केलाङ, यालाङ, ख्यालीहरु समेत प्रस्तुति गरिने उक्त महोसत्व माघ ३ गतेसम्म तीन दिन लाग्ने कियाचू कमल सचिव शुक्र लावतीले बताए । यसैगरी काठबाट निर्मित रोटे पिङ् पनि खेल्न पाइने उनले बताए ।
यसैगरी महोत्सवमा राती राष्ट्रिय स्तरका कलाकारहरुबाट सांगीतिक तथा सांस्कृतिक कार्यक्रम समेत हुने सचिव लावतीले बताए । महोत्सवमा १० हजार भन्दा धेरै सहभागी हुने जनाइएको छ ।

किरात याक्थुङ चुम्लुङ् दमकको शुभकामना आदान प्रदान

यसैगरी किरात याक्थुङ चुम्लुङ् दमक नगर समितिले आफ्नो कार्यालय दमक ७ स्थित किरात भवनमा विभिन्न सांस्कृतिक खानेकुरा खानपान गरि केसङ येले तङवे नयाँ बर्ष ५०८५ तथा कक्फेवा तङनाम माघे संक्रान्तीकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
मंगलबार कियाचू लिम्बुवान प्रदेश समिति सदस्य कविन्द्र सेर्मा, दिलकुमार लावती, जिल्ला अध्यक्ष सेसेहाङ फियाक लगायतको उपस्थितिमा कियाचू नगर अध्यक्ष देवेन्द्र चेम्जोङ, नगर सचिव चन्द्र कुमार कन्दङवा लगायतको उपस्थितिमा भएको थियो । कियाचु दमक नगर समितिका पदाधिकारी, वडा समिति लगायतकाे उपस्थिति रहेकाे थियाे ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;