‘कक्फेवा तङनाम (माघे संक्रान्ति) प्राकृतिक चाड हो’–धर्मगुरु आत्मानन्द लिङदेन

,   लिम्बुवान न्युज
                       

दमक, २ माघ । किरात धर्मगुरु आत्मानन्द लिङदेन सेइङज्युले कक्फेवा तङनाम माघे संक्रान्ति प्राकृतिक चाड भएको बताउनु भएको छ । माघ १ गते पवित्र भूमि फुलुङगीमा किरात धर्मावलम्बीहरुलाई आर्शिवचन दिनु हुँदै यसो भन्नुभएको हो ।
धर्मगुरु लिङदेनले ‘पुर्खाहरुले सदियौं कालदेखि मान्दै आएको चाडलाई हामीले पनि निरन्तर मान्दै आएका हौं ।’ भन्नु भयो ।
पवित्र भूमि फुलुङगीलाई धार्मिक रुपले र भौतिक रुपले बिकास गर्दै लानुपर्ने गुरु लिङदेनले बताउनु भएको छ ।
धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ गाउँपालिका, माइ नगरपालिका र देउमाई नगरपालिकाको संगम स्थल ज्ञानभूमि फुलुङगीमा आयोजित माघे संक्रान्ति सत्यहाङमा शान्ति मकरस्नान येत् नाम्धुङ लाधुङसेमी सेवा समारोहमा आशीर्वचन दिन गुरु र गुरुआमा पुग्नु भएको हो ।


गुरुज्यूले ‘माङसेबुङ गाउँपालिका संसारले हेर्ने पवित्र स्थल बन्छ’ भन्नु भयो, ‘माङसेबुङ गाउँपालिकाको लागि मैले यहाँको बाटो बलियो बनाउने सोचेको छु ।’ वहाँले थप्नुभयो, ‘एउटा बाटो देउमाई कातिके हुदैं गजुरमुखी धाम जोड्ने र अगौटे जोड्ने । यति जोड्न सकियो भने माङसेबुङ गाउँपालिका बिकासको लागि नयाँ नमुनाको रुपमा आउँछ । र माङसेबुङ बासीहरु धनी हुन्छन्, ज्ञान, बुद्धि बिवेक सबैको मालिक बन्छ ।’ भन्नु भयो ।
‘माङसेबुङ माङले रोजेको ठाउँ हो’ माङसेबुङ गाउँपालिकाका जनप्रतिनिधिहरुलाई भन्नुभयो, ‘नाम नै पवित्र भएको माङसेबुङ गाउँपालिकालाई पवित्र बनाउनु । यसलाई इलामकै नमुना गाउँपालिका बनाउनु पर्नेमा जोड दिनु पर्छ भन्नु भयो ।
‘हामी साँस्कृतिक रुपमा धनी छौं’ ‘संस्कृतिको जगेर्णा गर्दै लैजाने हो भने, हामी सभ्य बन्छौं । हाम्रो समाज सभ्य बन्छ ।’ वहाँले आशीर्वचनमा महागुरुको विश्व शान्ति तथा मानव एकतालाई शिरोधार्य गरेर राज्यले विकास गर्ने हो भने यो मुलुक सुन्दर फुलबारी वन्ने समेत गुरु आत्मानन्दले बताउनु भयो ।
अहंकार, क्रोध, र घमण्ड नगर्नु, उच्च विचार राखेर कर्म संस्कारहरु सुधार्दै जानुपर्ने बताउनुहुँदै वहाँले भन्नुभयो, ‘खानपीनमा शुद्ध हुनुपर्छ, धर्म गर्नु पर्छ, कर्म गर्नु पर्छ र हामीले कृति रहने कर्म गर्नुपर्छ ।’ वहाँले थप्नुभयो, ‘एउटा कृति रहने काम गर्ने र समाजलाई असल ज्ञानको बाटो देखाउने लक्ष छ ।’
‘मैले सिद्धि प्राप्त गरेको पवित्र ठाउँ यहि ठाउँ हो ।’ वहाँले आशीर्वचनमा थप्नुभयो, ‘यो पवित्र स्थल महान ठाउँमा पवित्र मनले माग्यो भने, सबै चिज माङले पुर्याउछ ।’ कार्यक्रमको उदघाटन माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले गरेका थिए । कार्यक्रममा इलाम, झापा, पाँचथर लगायतका हजारौं भक्तजनहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;