गायिका मेलिना राई माघ ४ गते विवाह बन्धनमा बाँधिदै

,   लिम्बुवान न्युज
                       

ललितपुर, ३ माघ । पूर्वकी चर्चित गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले बुधबार इलामका ध्रुब गुरुङसँग इंगेजमेन्ट गरेकी हुन् ।

उनीहरुको इंगेजमेन्टको फोटो सार्वजनिक भएको छ, जसमा मेलिना परम्परागत पहिरनमा ठाँटिएकी छिन् । भोलि माघ ४ गते उनीहरुको विवाह हुने बताइएको छ । गोकर्णेश्वरमा हुने वैवाहिक कार्यक्रममा परिवार र नजिकका इष्टमित्रलाई निम्तो गरिएको छ ।

युट्युबमा सर्वाधिक हेरिएको ‘कुटुमा कुटु’ सहित मेलिनाले स्वर दिएका दर्जनौं गीत सुपरहिट छन् । उनी कोच रहेको रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ६’ को प्रसारण पनि भोलि शुक्रबारदेखि सुरू हुँदैछ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;