गायिका मेलिना राई माघ ४ गते विवाह बन्धनमा बाँधिदै

 लिम्बुवान न्युज
                       

ललितपुर, ३ माघ । पूर्वकी चर्चित गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले बुधबार इलामका ध्रुब गुरुङसँग इंगेजमेन्ट गरेकी हुन् ।

उनीहरुको इंगेजमेन्टको फोटो सार्वजनिक भएको छ, जसमा मेलिना परम्परागत पहिरनमा ठाँटिएकी छिन् । भोलि माघ ४ गते उनीहरुको विवाह हुने बताइएको छ । गोकर्णेश्वरमा हुने वैवाहिक कार्यक्रममा परिवार र नजिकका इष्टमित्रलाई निम्तो गरिएको छ ।

युट्युबमा सर्वाधिक हेरिएको ‘कुटुमा कुटु’ सहित मेलिनाले स्वर दिएका दर्जनौं गीत सुपरहिट छन् । उनी कोच रहेको रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ६’ को प्रसारण पनि भोलि शुक्रबारदेखि सुरू हुँदैछ।

सम्बन्धित समाचार

निर्वाचन प्रणाली पूर्ण समानुपातिक प्रणाली बनाउन विज्ञहरुको जोड

ललितपुर, ३० माघ । नेपालको निवार्चन प्रणाली पूर्ण समानुपातिक लागू गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । बुधबार काठमाडौंस्थित सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै उनीहरुले हाम्रो जस्तो मुलुकमा पूर्ण समानुपातिक...

मुक्कुमलुङ संरक्षण पक्षधरले गरे आन्दोलनको घोषणा

ललितपुर, २८ माघ । मुक्कुमलुङमा केवलकार निर्माणको विरोध गर्दै आएका मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले नयाँ चरणको आन्दोलन घोषणा गरेका छन् । वार्ताबाट समस्या समाधान गर्न सरकार इमानदार नभएको भन्दै उनीहरूले...

तिगेलाद्धारा विद्यालयलाई जग्गा, मञ्च भवन र खेलमैदान हस्तान्तरण

ललितपुर, २७ माघ । गत २१ माघ २०८१ का दिन विश्वास दीप तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई जग्गा खरिद गरेर, खेलमैदान बनाई, स्थायी कार्यक्रम स्टेज भवन बनाई हस्तान्तरण गरेका छन् । पछिल्लो समय युकेमा रहदै...

वार्ता विना निश्कर्ष टुङ्गियोः संघर्ष समिति आन्दोलनको तयारीमा

ललितपुर, २७ माघ । सेमुक्तुगोक् / मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा केबलकार निर्माणको विरोध गरिरहेको संघर्षरत सहजीकरण समिति र सरकारबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ । आइतबार दिउँसो काठमाडौं सिंहदरबारस्थित होटल बसेरामा बसेको वार्तामा मागको विषयमा सहमति...