फाेनिज तेह्रथुम अध्यक्षमा वबिता राइ निर्वाचित

 लिम्बुवान न्युज
                       

दमक, ४ माघ ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तेह्रथुम जिल्ला शाखा समितिको पाँचौ अधिबेशन सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समिति अध्यक्ष सन्तबीर लामाको प्रमुख आतिथ्यतामा फोनिज तेह्रथुम जिल्ला शाखा समितिको पाँचौ अधिबेशनबाट वबिता राईको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको हो ।

समितिका उपाध्यक्षमा कृष्णमान तामाङ, सचिवमा धन बहादुर लिम्बू, उपसचिवमा सबिना लिम्बू र कोषाध्यक्षमा साम थाम्देन “थाङ्देन” चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा क्रमशः सन्ध्या लिम्बू,चिन कुमार लिम्बू,सोमी लिम्बू र बुद्वी तामाङ चयन भएको निर्वाचन समिति सदस्य टि आर सेनेहाङले बताए ।

यसैगरी अधिबेशनले १ नम्बर प्रदेश महाधिवेशन प्रतिनिधिमा टिआर सेनेहाङ, प्रकाश पाक्साङ्वा र रेवत पारघरी रहेका छन् भने संघीय महाधिवेशन प्रतिनिधिमा भगिश्वर तेयुङ लिम्बू (मनोज) र जितलाल कुरुम्भङ लिम्बू छनौट भएका छ्न ।

कार्यक्रम नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तेह्रथुम जिल्ला शाखा समिति कोषाध्यक्ष कृष्णमान तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।

सम्बन्धित समाचार

निर्वाचन प्रणाली पूर्ण समानुपातिक प्रणाली बनाउन विज्ञहरुको जोड

ललितपुर, ३० माघ । नेपालको निवार्चन प्रणाली पूर्ण समानुपातिक लागू गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । बुधबार काठमाडौंस्थित सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै उनीहरुले हाम्रो जस्तो मुलुकमा पूर्ण समानुपातिक...

मुक्कुमलुङ संरक्षण पक्षधरले गरे आन्दोलनको घोषणा

ललितपुर, २८ माघ । मुक्कुमलुङमा केवलकार निर्माणको विरोध गर्दै आएका मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले नयाँ चरणको आन्दोलन घोषणा गरेका छन् । वार्ताबाट समस्या समाधान गर्न सरकार इमानदार नभएको भन्दै उनीहरूले...

तिगेलाद्धारा विद्यालयलाई जग्गा, मञ्च भवन र खेलमैदान हस्तान्तरण

ललितपुर, २७ माघ । गत २१ माघ २०८१ का दिन विश्वास दीप तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई जग्गा खरिद गरेर, खेलमैदान बनाई, स्थायी कार्यक्रम स्टेज भवन बनाई हस्तान्तरण गरेका छन् । पछिल्लो समय युकेमा रहदै...

वार्ता विना निश्कर्ष टुङ्गियोः संघर्ष समिति आन्दोलनको तयारीमा

ललितपुर, २७ माघ । सेमुक्तुगोक् / मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा केबलकार निर्माणको विरोध गरिरहेको संघर्षरत सहजीकरण समिति र सरकारबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ । आइतबार दिउँसो काठमाडौं सिंहदरबारस्थित होटल बसेरामा बसेको वार्तामा मागको विषयमा सहमति...