नाटक ‘मुक्कुमलुङ’ काे मण्डलामा मञ्चन शुरू

 लिम्बुवान न्युज
                       

ललितपुर, ४ माघ । लिम्बू समुदायको सांकृतिक धरोहर र इतिहास झल्काउने नाटक ‘मुक्कुम्लुङ’को मञ्चन सुरु भएको छ । थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबारदेखि यो नाटकको नियमित मञ्चन हुने भएकाे हाे ।

यो नाटकले मुजिङ्ना खेयङ्नाका माध्यमबाट किराँत समुदायको प्रारम्भिक मानव सभ्यता, याक्थुङ प्रकृतिसँगको सम्बन्ध र उनीहरुले भोगेका संघर्षलाई चित्रण गर्नेछ ।

यस्तै, यो नाटकले मुक्कुम्लुङमा आधुनिकताले ल्याएको संकट र आफ्नो अस्तित्व जोगाउन गरिएको प्रयासलाई पनि प्रस्तुत गरेको छ । यो नाटकको बिहिबार मण्डलामा प्रिमियर गरिएको थियो ।

एक थिएटर नेपालको सहकार्यमा चुलाचुली रङ्गमञ्चको प्रस्तुति रहेको नाटक माघको २७ गतेसम्म मञ्चन हुनेछ । अनिल सुब्बाको परिकल्पना तथा  निर्देशनमा रहेको नाटक सोमबारबाहेक हरेक साँझ ५ बजे र शनिबार दिउँसो अतिरिक्त १ बजे पनि मञ्चन हुनेछ ।

यो नाटकमा विष्णु मोक्तान, वेदना राई, सुरज तमु, प्रतिना राई, मानहाङ लावती, शोभा लिम्बु, सौजन सेनेहाङ लगायतका कलाकारहरुको अभिनय छ । मुकुम्लुङ माथि राज्य सत्ताले अतिक्रमण गरेसँगै बहस शुरू भएकाे हाे । यतिवेला पुँजीवादीहरूले केवलकार निर्माण गर्ने याेजना शुरू भएसँगै मुक्कुम्लुङमा अान्दाेलन शुरू भएकाे छ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...