आईसीसी यू–१९ आजबाट शुरुः नेपाल पहिलो खेल बंगलादेशसँग खेल्दै

 लिम्बुवान न्युज
                       

ललितपुर, ५ माघ । आईसीसी टी–२० विश्वकप २०२५ यू–१९ महिलाको दोस्रो संस्करण आजबाट मलेसियामा सुरू हुँदैछ । प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछ जहाँ नेपालले पनि आफ्नो पहिलो खेल बंंगलादेशसँग खेल्ने भएको छ ।
नेपाल यस विश्वकपमा पहिलोपटक सहभागी हुन लागेको नेपालको हो ।
नेपाल र बंगलादेशबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा आज दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ । नेपालको कप्तानमा पुजा महतो तथा बंगलादेशको कप्तानमा सुमैया अक्तर रहेका छन् ।
नेपालले बंगलादेशसँग गत डिसेम्बरमा मलेसियामै भएको यू–१९ एसिया कपमा खेलेको थियो । उक्त खेलमा नेपाल पराजित भएको थियो ।
ऐतिहासिक विश्वकप खेल्न लागेको नेपाली टोलीले एसिया कपमा व्यहोरेको हारको बदला लिँदै जितका साथ विश्वकप यात्रा सुरूवात गर्न चाहनेछ । यसले नेपालको सुपर सिक्स सम्भावना पनि बलियो बनाउने छ । प्रस्थान अघि नेपाली क्याम्पटेन महतोले ‘हामी एसिया कपमा हारेको बदला लिन चाहन्छौं, अनि मिडियामा भन्नु छ कि जित मीठो होला तर बदला अझै स्वादिष्ट हुन्छ ।’
शनिबार बाङ्गीको मौसमी अवस्था भने राम्रो देखिएको छैन । मौसम पुर्वानुमान अनुसार बाङ्गीमा दिनभरजसो बादल लाग्ने अर्थात् ओभरकास्ट कन्डिशन हुने देखिएको छ । त्यस्तै दिउँसो नेपालको खेल हुने समयमा वर्षाको सम्भावना पनि देखिएको छ ।
यस खेलमा टस जित्ने खेलाडीले बलिङ रोज्दा फाइदा हुनेछ । ओभरकास्ट कन्डिशनमा पहिले ब्याटिङ गर्न केही गाह्रो हुन्छ । त्यसकारण बलरहरू हावी बन्न सक्छन् ।
आज हुने ६ खेलका समय तालिकाहरू :
इंग्ल्याण्ड यू–१९ महिला भर्सेस् आयरल्याण्ड यू–१९ महिला: विहान ८ः१५
अस्ट्रेलिया यू–१९ महिला भर्सेस् स्कटल्याण्ड यू–१९ महिला: विहान ८ः१५
सामोआ यू–१९ महिला भर्सेस् नाइजेरिया यू–१९ महिला: विहान ८ः१५
बंगलादेश यू–१९ महिला भर्सेस् नेपाल यू–१९ महिला: दिउँसो १२ः१५
पाकिस्तान यू–१९ महिला भर्सेस् अमेरिका यू–१९ महिला: दिउँसो १२ः१५
दक्षिण अफ्रिका यू–१९ महिला भर्सेस् न्युजिल्याण्ड यू–१९ महिला: दिउँसो १२ः१५

सम्बन्धित समाचार

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...