ललितपुर, १० माघ । मुन्धुमीस्थल मुक्कुमलुङमा केवलबार निर्माण तत्काल खारेज गर्न र सैन्यकरण बन्द गर्न माग गर्दै प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले माग गरेकाे छ ।
मुन्धुमीस्थल मुक्कुमलुङकाे मुन्धुमी, सांस्कृतिक, अाध्यात्मिक अास्थालाइ नामेट गर्दै केवलकार लगायतका अन्य संरचनाहरू कुनै पनि बन्न नहुने भन्दै समितिले विज्ञप्ति जारि गरेकाे हाे ।
त्यस क्षेत्रमा बस्नेहरूलाइ गम्भीर स्थितिमा पुराएकाे । कुनै पनि बेला जस्ताेसुकै मुठभेट लगायतका कार्यहरू हुन सक्ने भन्दै समितिले भत्सना गरेकाे छ । धार्मिक अस्थालाइ प्राकृतिक रूपमा नराखेर विनास गर्दै त्यस क्षेत्रकाे शान्तिसुरक्षामा गम्भीर असर पर्ने गरी प्रहरी, शस्त्र प्रहरी र नेपाली सेना समेत राखेर लाेकतन्त्रकाे बर्खिलाप गर्ने सरकार प्रति संघर्ष समिति लड्न बाध्य हुने बताएकाे छ । साथै यसकाे सम्पूर्ण जिम्मेवारी केवलकार निर्माण कम्पनी र सरकारले लिनु पर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
हेर्नुहाेस् प्रेस विज्ञप्ति
मुन्धुमीस्थल मुक्कुमलुङमा केबलकार निर्माण तत्काल खारेज र सैन्यकरण बन्द नगरे अनिश्चितकालीन आम हड्तालसम्मको कार्यक्रम घोषणामा सङ्घर्ष समितिको साथ रहने । मुन्धुमी, सांस्कृतिक, आध्यात्मिक आस्थाको स्थल मुक्कुम्लुङ संरक्षणको लागि जारी सङ्घर्षमा प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्र्घष समितिको विगतदेखि समर्थन, सशक्त साथ सहयोग र क्रियाशीलता रहँदै आएको छ । यस स्थलमा केबलकार लगायत ठुलठुला संरचना निर्माण हुन नहुने अडानका साथ जारी मुक्कुम्लुङ संरक्षण र केबलकार खारेजी सङ्घर्ष अन्र्तराष्ट्रिय कानुन र नेपालको संविधान अनुसार न्यायको पक्षमा र अन्याय, विभेद, अतिक्रमण र विनास विरुद्ध चलेको सङ्घर्ष हो । नेपालका याक्थुङ÷लिम्बु लगायतका आदिवासी÷मुलवासी न्यायप्र्रेमी नागरिकहरुको विना मञ्जुरी; भ्रष्ट र दलालहरुको षडयन्त्रमा राज्य शक्तिको दुरुपयोग गर्दै सशस्त्र सुरक्षा बलको घेराबन्दी र भिजिलान्ते प्रयोग गरी दलाल चन्द्र ढकालको निजी कम्पनीले जबरजस्ती मुक्कुम्लुङ क्षेत्रमा डोजर चलाउन २०८१ माघ ८ गतेबाट सुरु गरी अझै पनि नरोकी जबरजस्ती गर्दै मुक्कुम्लुङ क्षेत्रको शान्तिसुरक्षामा गम्भीर खतरा उत्पन्न गराउने कारक तत्वको रुपमा डोजर आतङ्क मच्चाउदै र ढकालको ठेकेदार इन्द्र केदेमद्वारा सङ्घर्षरत नेतृत्वहरुको नाम नै किटेर गोली ठोक्ने धम्की दिँदै राज्यपक्षको आड र संक्षणमा दलाल ढकालको निजी कम्पनीले उठाएको यो विवेकहीन, विनासकारी र समाजलाई दीर्घकालीन मुठभेडमा धकेल्ने अतिक्रमणकारी कार्यप्रति प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति घोर भत्र्सना गर्दछ । तथाकथित विकासको भ्रम छर्दै केबलकार निर्माणको बाहानामा राज्य पक्ष र निजी कम्पनीले गरिरहेको यो ज्यादती, विनास, सांस्कृतिक अतिक्रम र हस्तक्षेपकारी कार्य हो । यो कार्य मार्फत् मुक्कुम्लुङ क्षेत्रलाई सधैँको लागि चन्द्र ढकाल र उसको निजी कम्पनीलाई धार्मिक व्यापारका लागि सुम्पने षडयन्त्र हो । यो गलत कार्यलाई मुक्कुम्लुङ क्षेत्रका जनता र प्रदेश नं. १ का जनताहरुले अस्वीकार गरेका छन् । यस कारण आफ्नो भूमि, संस्कृति, आस्थाको केन्द्र मुक्कुमलुङलाई बचाउन र संरक्षित राख्न जनताहरु सशक्त प्रतिरोधमा वर्षौंदेखि उत्रिएका छन् । यस सङ्र्घषमा होमिएका सबैमा उच्च सम्मान व्यक्त गर्दै यो सङ्र्घषको महान् अभियानमा सम्पूर्ण प्रदेश नं. १ का जनताहरु साथै देश विदेशका जनताहरु उत्रिनु हुन हामी हार्दिक आह्वान पनि गर्दछौँ । मुक्कुमलुङ अतिक्रमणको लागि सैन्यकरण गर्ने, डोजर चलाउने, भिजिलान्ते प्रयोग गर्ने र अशान्ति मच्चाउने कार्य गरेर द्वन्द्वको बीउ रोप्ने कार्यमा राज्य नै लागि परेको प्रति जनताको असहमति र प्रतिरोधमा सङ्र्घष समितिको एक्यवद्धता, सशक्त साथ सहयोग रहनुका साथै मुक्कुमलुङबाट केबलकार निर्माण खारेजी, सशस्त्र र जनपथ प्रहरीहरू फिर्ता गरि सैन्यकरण बन्द गर्न सङ्र्घष समिति माग गर्दछ । अन्यथा यसको विरोधमा आयोजना हुने यातायात बन्द, आम हड्तालसम्मको सबै सङ्र्घषको कार्यक्रमहरुमा सङ्र्घष समिति पूर्णरुपमा होमिने घोषणा गर्दछ । यसपछि सृजना हुने सबै खाले क्षतिको सम्पूर्ण जिम्मेवारी राज्य पक्ष र दलाल केबलकार कम्पनीले लिनु पर्नेछ ।
प्रदेश नाम कोशी – खारेज गर ।
मुम्कुम्लुङमा कोवल कार निर्माण – खारेज गर ।
पवित्र मुन्धुमीस्थल मुक्कुम्लुङ – रक्ष गरौँ ।
वीर सहिद पदम लिम्बु (लाजेहाङ) – अमर रहून् ।

Related