मुक्कुमलुङमा तत्काल केवलकार निर्माण खारेज गर्न माग

,   लिम्बुवान न्युज
                       

ललितपुर, १० माघ । मुन्धुमीस्थल मुक्कुमलुङमा केवलबार निर्माण तत्काल खारेज गर्न र सैन्यकरण बन्द गर्न माग गर्दै प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले माग गरेकाे छ ।

मुन्धुमीस्थल मुक्कुमलुङकाे मुन्धुमी, सांस्कृतिक, अाध्यात्मिक अास्थालाइ नामेट गर्दै केवलकार लगायतका अन्य संरचनाहरू कुनै पनि बन्न नहुने भन्दै समितिले विज्ञप्ति जारि गरेकाे हाे ।

त्यस क्षेत्रमा बस्नेहरूलाइ गम्भीर स्थितिमा पुराएकाे । कुनै पनि बेला जस्ताेसुकै मुठभेट लगायतका कार्यहरू हुन सक्ने भन्दै समितिले भत्सना गरेकाे छ । धार्मिक अस्थालाइ प्राकृतिक रूपमा नराखेर विनास गर्दै त्यस क्षेत्रकाे शान्तिसुरक्षामा गम्भीर असर पर्ने गरी प्रहरी, शस्त्र प्रहरी र नेपाली सेना समेत राखेर लाेकतन्त्रकाे बर्खिलाप गर्ने सरकार प्रति संघर्ष समिति लड्न बाध्य हुने बताएकाे छ । साथै यसकाे सम्पूर्ण जिम्मेवारी केवलकार निर्माण कम्पनी र सरकारले लिनु पर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

हेर्नुहाेस् प्रेस विज्ञप्ति

मुन्धुमीस्थल मुक्कुमलुङमा केबलकार निर्माण तत्काल खारेज र सैन्यकरण बन्द नगरे अनिश्चितकालीन आम हड्तालसम्मको कार्यक्रम घोषणामा सङ्घर्ष समितिको साथ रहने । मुन्धुमी, सांस्कृतिक, आध्यात्मिक आस्थाको स्थल मुक्कुम्लुङ संरक्षणको लागि जारी सङ्घर्षमा प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्र्घष समितिको विगतदेखि समर्थन, सशक्त साथ सहयोग र क्रियाशीलता रहँदै आएको छ । यस स्थलमा केबलकार लगायत ठुलठुला संरचना निर्माण हुन नहुने अडानका साथ जारी मुक्कुम्लुङ संरक्षण र केबलकार खारेजी सङ्घर्ष अन्र्तराष्ट्रिय कानुन र नेपालको संविधान अनुसार न्यायको पक्षमा र अन्याय, विभेद, अतिक्रमण र विनास विरुद्ध चलेको सङ्घर्ष हो । नेपालका याक्थुङ÷लिम्बु लगायतका आदिवासी÷मुलवासी न्यायप्र्रेमी नागरिकहरुको विना मञ्जुरी; भ्रष्ट र दलालहरुको षडयन्त्रमा राज्य शक्तिको दुरुपयोग गर्दै सशस्त्र सुरक्षा बलको घेराबन्दी र भिजिलान्ते प्रयोग गरी दलाल चन्द्र ढकालको निजी कम्पनीले जबरजस्ती मुक्कुम्लुङ क्षेत्रमा डोजर चलाउन २०८१ माघ ८ गतेबाट सुरु गरी अझै पनि नरोकी जबरजस्ती गर्दै मुक्कुम्लुङ क्षेत्रको शान्तिसुरक्षामा गम्भीर खतरा उत्पन्न गराउने कारक तत्वको रुपमा डोजर आतङ्क मच्चाउदै र ढकालको ठेकेदार इन्द्र केदेमद्वारा सङ्घर्षरत नेतृत्वहरुको नाम नै किटेर गोली ठोक्ने धम्की दिँदै राज्यपक्षको आड र संक्षणमा दलाल ढकालको निजी कम्पनीले उठाएको यो विवेकहीन, विनासकारी र समाजलाई दीर्घकालीन मुठभेडमा धकेल्ने अतिक्रमणकारी कार्यप्रति प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति घोर भत्र्सना गर्दछ । तथाकथित विकासको भ्रम छर्दै केबलकार निर्माणको बाहानामा राज्य पक्ष र निजी कम्पनीले गरिरहेको यो ज्यादती, विनास, सांस्कृतिक अतिक्रम र हस्तक्षेपकारी कार्य हो । यो कार्य मार्फत् मुक्कुम्लुङ क्षेत्रलाई सधैँको लागि चन्द्र ढकाल र उसको निजी कम्पनीलाई धार्मिक व्यापारका लागि सुम्पने षडयन्त्र हो । यो गलत कार्यलाई मुक्कुम्लुङ क्षेत्रका जनता र प्रदेश नं. १ का जनताहरुले अस्वीकार गरेका छन् । यस कारण आफ्नो भूमि, संस्कृति, आस्थाको केन्द्र मुक्कुमलुङलाई बचाउन र संरक्षित राख्न जनताहरु सशक्त प्रतिरोधमा वर्षौंदेखि उत्रिएका छन् । यस सङ्र्घषमा होमिएका सबैमा उच्च सम्मान व्यक्त गर्दै यो सङ्र्घषको महान् अभियानमा सम्पूर्ण प्रदेश नं. १ का जनताहरु साथै देश विदेशका जनताहरु उत्रिनु हुन हामी हार्दिक आह्वान पनि गर्दछौँ । मुक्कुमलुङ अतिक्रमणको लागि सैन्यकरण गर्ने, डोजर चलाउने, भिजिलान्ते प्रयोग गर्ने र अशान्ति मच्चाउने कार्य गरेर द्वन्द्वको बीउ रोप्ने कार्यमा राज्य नै लागि परेको प्रति जनताको असहमति र प्रतिरोधमा सङ्र्घष समितिको एक्यवद्धता, सशक्त साथ सहयोग रहनुका साथै मुक्कुमलुङबाट केबलकार निर्माण खारेजी, सशस्त्र र जनपथ प्रहरीहरू फिर्ता गरि सैन्यकरण बन्द गर्न सङ्र्घष समिति माग गर्दछ । अन्यथा यसको विरोधमा आयोजना हुने यातायात बन्द, आम हड्तालसम्मको सबै सङ्र्घषको कार्यक्रमहरुमा सङ्र्घष समिति पूर्णरुपमा होमिने घोषणा गर्दछ । यसपछि सृजना हुने सबै खाले क्षतिको सम्पूर्ण जिम्मेवारी राज्य पक्ष र दलाल केबलकार कम्पनीले लिनु पर्नेछ ।

प्रदेश नाम कोशी – खारेज गर ।

मुम्कुम्लुङमा कोवल कार निर्माण – खारेज गर ।

पवित्र मुन्धुमीस्थल मुक्कुम्लुङ – रक्ष गरौँ ।

वीर सहिद पदम लिम्बु (लाजेहाङ) – अमर रहून् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;