ताप्लेजुङमा माघ १५ देखि अनिश्चितकालीन यातायात बन्द

 लिम्बुवान न्युज
                       

ललितपुर, १४ माघ । मुक्कुमलुङ (पाथिभरा) क्षेत्रमा केबलकार निर्माणको विरोध गर्दै आएको पहिचान पक्षधर तथा नो केवलकार पक्षले भोली माघ १५ गते देखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ । विभिन्न छ वटा संघ संगठनहरूले संयुक्त विज्ञप्ती जारी गर्दै चरणबद्ध आन्दोलनको घोषणा समेत गरेका हुन् ।

मेची हाइवे, तमोर करिडोर, साथै तेह्रथुमबाट ताप्लेजुङ प्रबेश गर्ने नाकाहरुमा यातायात बन्दको घोषणा गरिएको मुकुम्लुङ सरक्षण संयुक्त समितिका संयोजक श्री लिखिमले जानकारी दिनुभयो ।

केबलकार निर्माण खारेज गर्न, सैन्यकरण फिर्ता गर्नुपर्ने नियन्त्रणमा लिइएको योद्दाहरुकोे बिनासर्त रिहाई, झुटा मुद्धाहरु लगाउन बन्द गर्नुपर्ने बिज्ञप्ती मार्फत माग गरिएको छ ।

यस्तै मुक्कुमलुङ प्रेमीहरुलाई गोली हान्न आदेश दिने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखले सार्बजनिक रुपमा माफी माग्नुपर्ने माग पनि गरिएको विज्ञप्तिमा उल्लेखछ ।

यस्तै शनिबार भएको गोली प्रहारको घटनाले आन्दोलन नयाँ चरणमा प्रबेश गरेको संघर्षरत पक्षले बताएको छ । शान्तिपूर्ण प्रर्दशनका लागि भेला भएको समुहमा गोली चलाइएकाले अनिश्चितकालीन बन्द आह्वान गर्न बाध्य भएको संघर्षरत पक्षले जनाएको छ ।

ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, लगायतका ग्लोबल आइ.एम.इ बैँक बन्द गर्नुपर्ने, उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र निर्माण व्यवसायी रुद्र पौडेललाई जिल्ला प्रबेशमा  रोक लगाउने, फुङलिङ नगर प्रमुख अमिर मादेनलाई जिल्ला बाहिर निषेध गर्ने, राज्य आतङक, प्रहरी दमन र केबलकार निर्माण खारेजी लगायतका बिषयमा कोषसभा गर्ने पनि विज्ञप्ती मार्फत जनाइएको छ ।

शनिबार साँझ अान्दाेलनरत पक्ष माथि एक्कासी शसस्त्र प्रहरीले हवाइ फायर र अाक्रमण गरी ५ जना घाइते भएका छन् भने अन्य कति भए त्यसकाे यकिन तथ्याङक अहिले पनि नजुटेकाे संघर्ष समितिले जनाएकाे छ । यसैगरी जिल्ला प्रहरी ताप्लेजुङका अनुसार २१ जना प्रहरी घाइते भएकाे बताइएकाे छ ।

घाइते तीन जनाकाे काठमाडाैंस्थित टिचिङ अस्पतालमा सघन कक्षामा उपचार भइरहेकाे नेत्री सरू सिंगकले बताउनु भयाे ।

प्रेस विज्ञप्ति

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...