आईएमई बैंकको केन्द्रीय कार्यालय काठमाडौं र प्रदेश १ नं. का सबै शाखामा एकपटक धर्ना

,   लिम्बुवान न्युज
                       

ललितपुर, १४ माघ । मुक्कुमलुङ संयुक्त संघर्ष समिति, विभिन्न जातीय संगठन, राजनैतिक दल लगायत मोर्चाले आई एम ई बैंकको केन्द्रीय कार्यालय कमलादी र प्रदेश नं. १ को सबै शाखाहरुमा सोमबार एकैपटक धर्ना कार्यक्रम गरेको छ । ताप्लेजुङस्थित प्रसिद्ध मुन्धुमी धार्मिक आस्थाको धरोहर मुक्कुमलुङ पाथीभरा क्षेत्रमा बन्ने केवलकार निर्माणकार्य अघि बढाएसँगै पुनः संघर्षका कार्यक्रमहरु शुरु भएको हो ।
विभिन्न नाराहरु लेखिएको प्लेकार्डसहित प्रदर्शनमा उत्रिएकाहरूले ग्लोबल आईएमईको केन्द्रीय कार्यालयअगाडि धर्ना दिएका हुन् ।
त्यसक्रममा केबलकार सञ्चालक आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालविरुद्ध नाराबाजीसमेत गरेका छन् । उनीहरूले बलजफ्ती गरेर अघि बढेमा अझै कडा रुपमा प्रतिरोध थाल्ने चेतावनीसमेत दिएका छन् । मुक्कुमलुङ पाथीभारामा निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनले ठेक्का लिएर केबलकार निर्माण अघि बढाएको छ ।
ताप्लेजुङको पाथिभरा मुक्कुमलुङ क्षेत्र आदिवासी लिम्बु याक्थुङहरूको पवित्र मुन्धुमी धार्मिकस्थल रहेकाले त्यहाँ कुनै निजी कम्पनीलाई नाफाका लागि केबलकार निर्माण गर्न नहुने आवाज उठिरहेको छ । लिम्बुहरुको सांस्कृतिक अतिक्रमण गरेर त्यहाँको जल, जंगल र जमिन निजी कम्पनीलाई दिने राज्यको नीतिमाथि गम्भीर आरोप समेत लगाएका छन् । आईएलओ १६९ को अभिसन्धीले आदिवासी जनजातिहरुको थातथलोलाई त्यसरी हस्तक्षेप गर्न नहुने उल्लेख गरेका छन् ।
लिम्बु याक्थुङहरूको धार्मिक आस्थाको धरोहर मुक्कुमलङमा जथाभावी बन फँडानी भएको, त्यहाँका विभिन्न प्रजातिका बोटविरुवा र जरीबुटी जन्य रुखहरु समेत काटेर त्यस क्षेत्रको बनस्पति, बन्यजन्तुहरुको बासस्थानलाई समेत विनास गरेकोमा आवाज उठिरहेको छ ।
प्रकृतिपूजक लिम्बुूहरूको धार्मिक, साँस्कृतिक र मुन्धुमी सम्बन्धहरू जोडिएको क्षेत्रमा हजारौं वर्ष पुराना जडिबुटी, वनस्पति तथा वन्यजन्तुहरू रहेकाले विनाश गर्न नपाइने आवाज उठिरहेको छ । त्यहीकारण एउटा निजी कम्पनी पोस्ने गरी जंगल फडानी गरेर केबलकार बनाउँदा हिमाली चराचुरूङ्गी, रेडपान्डासहितका वन्यजन्तुहरू सखाप हुने आदिवासी जनजातिहरूले तर्क गरिरहेका छन् । उनीहरूले नै सोमबार चन्द्र ढकाल सञ्चालक रहेको ग्लोबल आईएमई बैंक पनि घेरेका हुन्।
गत कात्तिक २३ गते संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै केवलकार निर्माणको संयुक्त शिलान्यास गरेसँगै आन्दोलन अझ बढेर गएसँगै चन्द्र ढकाल अध्यक्ष रहेको आई एम ई ग्रुप अन्तर्गत ग्लोबल आईएमई बैंकको केन्द्रीय कार्यालय र प्रदेश १ अन्तर्गतका शाखाहरुमा विरोध स्वरुप धर्ना कार्यक्रम गरिएको पहिचानवादी मोर्चाका नेता खगेन्द्र माखिमले बताउनु भयो ।
यहि शनिबार ताप्लेजुङमा मुक्कुमलुङ संघर्ष समिति तथा ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप हुँदा दुवै पक्ष गरी २४ भन्दा धेरै घाइते भएका थिए । प्रहरी निरीक्षक सहित २१ जना र आन्दोलनकारी तर्फ ३ जना शक्त घाइते र अन्य थप पुष्टि नभएका ७० बर्षीय बृद्ध सहित घाइते भएको संघर्ष समितिका संयोजक श्री लिङखिमले जनाएका छन् ।
घाइते ३ जनालाई गोली लागेको हाल काठमाडौंस्थित टिचिङ अस्पतालको सघन उपचार कक्षमा उपचार भईरहेको जनाइएको छ । प्रशासनले बल प्रयोग गरेर जबरजस्ती केवलकार निर्माण कार्य अघि बढेसँगै त्यहाँ तनाव सिर्जना भएको हो ।

यसरी नै ग्लाेबल अाएमइ बैंककाे प्रदेश नं. १ का विभिन्न जिल्ला ताप्लेजुङ, पान्थर, इलाम, झापा, माेरङ, सुनसरी, धनकुटा, तेह्रथुमका शाखाहरूमा पनि संघर्ष समितिले धर्ना सहित काेणसभा कार्यक्रम गरेकाे बताइएकाे छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;