ताप्लेजुङ जिल्ला अनिश्चतकालीन बन्दको प्रभावः मेची हाइवे र तमोर करिडोर सुनसान

,   लिम्बुवान न्युज
                       

ललितपुर, १५ माघ । ताप्लेजुङ जिल्लाको मुन्धुमी पवित्र तिर्थ मुक्कुम्लुङ÷पाथिभरामा केवलकार निर्माण विरुद्ध संघर्ष गर्दै आएका विभिन्न संघ संगठनका युवाहरुमाथि प्रहरीले गोली हानी घाइते बनाएपछि आजबाट ताप्लेजुङ जिल्लासँग जोडिन्ने मेची हाइवे, तमोर करिडोर र तेह्रथुमबाट आउने नाकाहरुबाट सवारी साधन पूर्ण बन्द रहेका छन् ।
मुक्कुम्लुङमा बनाउने भनिएको केवलकार खारेजीको निर्णय नभएसम्म बन्द जारी रहने मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति लगायत छ वटा संघ संस्थाहरुले जनाएको छ ।
बन्दको कारण मेची मार्गको झापाको बुधबारे, इलाम, पाँचथर हुँदै ताप्लेजुङ जाने यातायात ठप्प भएको थियो । त्यसैगरी सुनसरी धनकुटाहुँदै फिदिम जाने तमोर करिडोर ठप्प भएको थियो । बिहानैदेखि सडकमा बन्द गराउन मुक्कुमलुङ आन्दोलनमा जोडिनु भएका संघर्षरत संस्थाका नेता कार्यकर्ताहरु रहेका छन् ।

झापाको चारआली, बुधबारे, इलामको विभिन्न स्थानहरु, पाँचथरको फिदिम, हेवाखोला, तमोर कडिरोरको बिभिन्न स्थानमा आन्दोलनकारीहरु रहेका थिए । आज विहान बिभिन्न स्थानमा टायर बालेर आन्दोलनकारीहरुले विरोध प्रदर्शन गरेका थिए ।
स्थानीय जनता, सरोकारवालाहरुको विरोधको बाबजुद जवरजस्ति गर्ने प्रयास भएपछि मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, समाजिक संस्थाहरु र बिभिन्न राजनीतिक पार्टीका कार्यकर्ताहरु विरोध गर्ने क्रममा प्रहरीले शनिबार जथाभावि गोली प्रहार गर्दा चार जना भन्दा धेरै प्रदर्शनकारीहरु मुक्कुमलुङमा घाइते भएका थिए ।


प्रहरीको गोली लागेका तीन जनाको काठमाडौंस्थितको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये सगुन लावतीको छाँती वारपार हुनेगरी गोली लागेर उनको फोक्सोमा रगत जमेको वताइएको छ । उनको अवस्था अझै गम्भीर रहेको छ वताइएको छ । त्यसैगरी याम लिम्बुको तिग्रा वारपार हुनेगरी गोली लागेको छ दुखाई भईरहेको उनले बताएका छन् । त्यसैगरी अर्का धर्मान पालुङवाको देव्रे कुम भाचिएर स्टिल लगाई खतरा मुक्त भएपनि दुखाई नघटेको भेटको क्रममा बताएका छन् ।
प्रहरीले निहत्था जनता आफ्नो संस्कृतिक संरक्षणको लागि आवाज उठाउँदा गोली बर्षाएको, केवलकार खारेजीसँगै प्रदेशको नाम कोशी खारेजी लगायतको माग राखेर ताप्जेजुङ जाने सम्पूर्ण नाकाहरु आज (माघ १५ं)देखि अनिश्चितकालीन बन्द गरेको हो ।
मुक्कुमलुङ संरक्षण संघर्ष समितिले गोली हान्न आदेश दिने प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र प्रहरी प्रमुखहरुलाई कारबाही हुनुपर्ने माग राख्दै अनिश्चितकालीन सडक बन्दको आव्हान गरेको जनाएको छ ।
आन्दोलनमा सामाजिक संस्थाहरु नेपाल आदिवासी जनजाति महासंघ, किरात थाक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात धर्म तथा साहिन्य उत्थान संघ लगायत दर्जनौं संघ संस्थाहरु रहेका छन् । त्यसैगरी राजनीतिक पार्टीहरुमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल जनमुक्ति पार्टी, जसपा नेपाल, जसपा, नागरिक उन्मुक्ति पार्टी, नेत्र विक्रम चन्द नेतृत्वको नेकपासम्बद्ध किराती मोर्चा, मंगोल नेशनल अर्गनाइजेसन (डीजीजी)ं, पहिचानवादी मोर्चा लगायतका नेता, कार्यकर्ताहरु सडकमा रहेका छन् ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;