ताप्लेजुङमा गोली हान्न आदेश दिने प्रजिअ र प्रहरी प्रमुख विरुद्ध मानवअधिकार आयोगमा उजुरी दर्ता

 लिम्बुवान न्युज
                       

दमक, १५ माघ । ताप्लेजुङ्गको मुक्कुम्लुङ÷पाथीभरामा केवलकार विरुद्ध आन्दोलनकारीलाई गोली हान्न आदेश दिने प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र प्रहरी प्रमुखहरुलाई कारबारीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता भएको छ ।

कानुन व्यावसायी शंकर लिम्बूको नेतृत्वमा आज (मंगलबारं) राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय काठमाडौ पुगेर निहत्था जनतालाई गोली हान्ने प्रजिअ शर्मालाई कडा कारबाही गर्न माग गरेको हो ।

त्यसैगरी आन्दोलनमा रहेका लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बू .(१२ गते)ं र प्रदिप मादेन (१५ गते)ंलाई पक्रेर गैर कानुनी थुनामा राखेको विरुद्धमा समेत मानव अधिकार आयोगमा निवेदन र अर्वोच्च अदालतदेखि अन्तराष्ट्रिय मानव अधिकार आयोगहरुमा समेत मुद्धा दर्ता गर्ने तयारी भएको कानुन ब्याबसायी शंकर लिम्बूले बताए ।

राष्ट्रिय मानवअधिकार आयोगले माघ १३ गते प्रेम विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई शान्तिपूर्ण बनाउन र सरकारलाई वार्ताको माध्यमबाट समस्या समाधान गर्न अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...