मधेश केन्द्रित आठ दलको एकता संवाद समितिको संवाद शुरु

,   लिम्बुवान न्युज
                       


ललितपुर, १७ माघ । मधेश केन्द्रित आठ दलको एकता संवाद समितिको बैठक सुरु भएको छ । आज समितिका प्रतिनिधिहरूको बैठक सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा सुरु भएको हो । मधेश केन्द्रित दलहरूले एकताका लागि वार्ता समिति यस अघि नै बनाएका छन् ।

आज बसेको बैठकमा जसपा, जसपा नेपाल, जनमत, नागरिक उन्मुक्ति, लोसपा, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील र तमलोपाका प्रतिनिधि सहभागी छन् । आठ दलबीच मुद्दाकेन्द्रित सहकार्यका लागि छलफल गर्न सबै दलले वार्ता समिति बनाएका हुन् । वार्ता समितिका नेताहरूबीच नै अहिले छलफल चलिरहेको हो ।

बैठकमा जसपाबाट रेणु यादव, जनमतबाट शरद सिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव, राम कुमार शर्मा र मनिष सुमन रहेका छन् भने नागरिक उन्मुक्तिबाट लालबिर चौधरी र गंगा चौधरी, लोसपाबाट सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मणलाल कर्ण सहभागी छन् ।

यस्तै राष्ट्रिय मुक्ति पार्टी नेपालबाट राम नरेश राय, केशव झा र सन्तोष मेहता, जनता प्रगतिशीलबाट हृदयेश त्रिपाठी, शिवजि यादव र सब्बीर हुसैन तथा तमलोपाबाट वृषेश चन्द्र लाल र विजय सिंह मोर्चाको बैठकमा सहभागी छन् ।

यसअघि जनता प्रगातिशीलले बैठकको आयोजना गरेको थियो । आ–आफ्नो दलमा छलफल गरी पुनः बैठक बसेर मोर्चा निर्माणको विषयलाई ठोस रूपमा दिने सो बैठकले निर्णय गरेको छ । मधेशमा सम्बद्ध दलहरु टुक्राटुक्रा भएपछि पछिल्लो समयमा मधेशमा मधेशी दलहरु अल्पमतमा पर्न थालेपछि वार्ता शुरु भएको वताइएको छ ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;