तामाङ समुदायले साेनाम ल्हाेसार पर्व धुमधामसँग मनाए

 लिम्बुवान न्युज
                       

ललितपुर, १७ माघ। काठमाडौँको टुँडिखेलमा तामाङ समुदायले ल्होछार पर्व मनाएको छ। पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउने उद्देश्यले तामाङ समुदायको बिहीबार सोनाम ल्होछार पर्व टुँडिखेलमा उल्लासका साथ मनाएको हो।

प्रकृति पूजकको पर्वका रूपमा परिचित ल्होछारमा विभिन्न मिष्ठान्न भोजनका साथै आफ्नो समुदायको मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्ष उल्लासका साथ मनाइएको हो।विभिन्न ठाउँबाट र्‍यालीसहित टुँडिखेल पुगेर तामाङ समुदायले नयाँ वर्ष मनाएका हुन्। नेपाल तामाङ घेदुङ संघीय समितिकाे अायाेजनामा कार्यक्रम भएकाे हाे ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सोनाम ल्होसार तामाङ जातीको मात्र नभई राष्ट्रिय पर्व भएको बताउनुभयो ।

टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  उहाँले ल्होसार पर्व विस्तारै अन्तर्राष्ट्रिय रुपमा समेत फैलिँदै गएको बताउनुभयो।

उहाँले ल्होसार एउटा पर्व र मनोरञ्जनको उत्सव मात्र नभई तामाङ जातीको संस्कृतिको संस्कृति र आन्दोलनको प्रतिबिम्ब भएको समेत बताउनुभयो।ल्होसार पर्वले तामाङ सभ्यता र सांस्कृतिक पहिचान तथा अस्तित्व समेत बोकेको उहाँको भनाइ छ।उहाँले मौलिक एवं परम्परागत चाडपर्वको संरक्षण गर्न जरुरी रहेको बताउनुभयो।

कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ सरकार मुलुकलाई उज्यालो अभियानमा लागिरहेको बताउनुभयो । तामाङ समुदायले सोनाम ल्होसारलाई नयाँ पर्वको रुपमा धुमधामसँग मनाउने चलन रही आएको छ।

देश विदेशमा रहेका तामाङ जातीहरूले अाज साेनाम ल्हाेसार भव्य रूपले मनाएका छन् ।

सम्बन्धित समाचार

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...