महाकुम्भ मेलामा स्नान गर्न ५० लाखभन्दा बढी नेपाली सहभागी

,   लिम्बुवान न्युज
                       

ललितपुर, १८ माघ । भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा नेपालका ५० लाखभन्दा बढी तीर्थयात्रीहरु सहभागी भएकाे वताइएकाे छ नेपाल–भारत खुला सीमाका कारण नेपालीहरुका लागि सहज भएको हो । याे मेला १२ बर्षमा एकपटक लाग्ने गरेकाे वताइन्छ । मेलामा करिब १० कराेड भन्दा धेरै भक्तजनहरूकाे उपस्थिति हुने विभिन्न संचार माध्यमहरूले जनाएकाे छ ।
नेपालको जनकपुरधामबाट जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासको नेतृत्वमा नेपाली श्रद्धालुहरूको सुविधाका लागी खालसा निर्माण भएको छ । धर्मराज मन्दिर ऋषिकेशका महन्त महामण्डलेश्वर श्री विष्णुदास महाराज जीले पनि नेपाली र भारतिय  तीर्थयात्रीहरूका लागि विशेष बसोबास र खानपानको सुविधा प्रदान गरिएको छ ।
नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा. राजीव झा आफ्नो परिवारसहित महाकुम्भमा सहभागी भएका छन् । उनका पिता संस्कृतका प्रकाण्ड विद्वान पण्डित गंगेश झा, माता बच्ची देवी झा, पत्नी सोनी झा, छोरा बाल अभियानी आदित्य झा तथा अन्य परिवारका सदस्यहरू पनि उपस्थित छन् । जनकपुर युथ क्लबका पूर्वअध्यक्ष मनिष श्रीओम पनि उनीसँगै सहभागी रहेका छन् ।
युथ क्लबका पुर्वअध्यक्ष श्रीओमले नेपालबाट प्रयागराजसम्मको यात्रामा भारतीय प्रहरीले नेपाली गाडीलाई कुनै कागजात जाँच नगरी सम्मानपूर्वक जान दिएको अनुभव सुनाए । तर उनले नेपालमा भने भारतीय पर्यटकहरूमाथि प्रहरीले कठोर व्यवहार गर्ने गरेको भन्दै गुनासो गरे । यसले भारतीय पर्यटकहरू नेपाल आउन डराउन थालेको उनले बताए ।
इन्जिनियर सुजीत झाले पनि महाकुम्भको यात्रामा भारतीय प्रहरीको मैत्रीपूर्ण व्यवहार अनुभव गरेको बताए । सेल्फ ड्राइभमा रहेका झाले नेपालका गाडीमा सवार यात्रीलाइलाई सम्मानका साथ जान दिने व्यवस्था देखिएको बताए ।
डा. राजीव झाले नेपाललाई पर्यटन हब बनाउने उद्देश्यले नेपाल–भारत सीमा पूर्ण रूपमा खुला राख्नु पर्ने र विवाह पञ्चमी, रामनवमी, परिक्रमा तथा महाशिवरात्रिजस्ता धार्मिक पर्वहरूको व्यापक प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिए ।
सरकारको नीति पर्यटकमैत्री र “अतिथि देवो भवः“ को भावना अनुरूप हुनुपर्ने उनको सुझाव थियो । नेपालको दुबै छिमेकी देशको ठूलो जनसंख्यामध्ये प्रत्येक वर्ष एक प्रतिशतलाई पनि नेपाल ल्याउन सकियो भने नेपाललाइ विश्वको धनी देशको लाइनमा उभ्याउन बेर लाग्दैन ।
धार्मिक र सांस्कृतिक पर्वहरूको सही व्यवस्थापनबाट नेपालमा पर्यटन प्रवद्र्धन गर्न सकिने र द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सकिने उनको भनाइ थियो ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;